विकास काफ्ले पाल्पा – सिद्धार्थ राजमार्गको क्षेत्राधिकारभित्र बनेका संरचना हटाउन थालिएको छ । राजमार्गको राइडाँडादेखि आर्यभाङ्ज्याङ्सम्मका सडक क्षेत्रभित्र पर्ने घर तथा टहरा भत्काउने काम सुरु गरिएको हो ।
सडक डिभिजन कार्यालय पाल्पाले राजमार्गको केन्द्र भागदेखि दायाँ–बाँया २५–२५ मीटर भित्र पर्ने घर तथा टहरा भत्काउन सुरु गरिएको जनाएको छ ।
सडक कार्यालयले राइडाँडा, बगनासकालीको चिर्तुङ्धारा, खोरबारी, पोखराथोक र आर्यभाङ्ज्याङ् क्षेत्रमा बनाइएका घर तथा अन्य संरचना भत्काउन थालिएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।
अब बिस्तारै अन्य क्षेत्रका पनि घरटहरा भत्काउँदै जाने कार्यालयका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिनुभयाे । पटक-पटक सूचना जारी गर्दा मानिसले अटेर गरेपछि सडक कार्यालयले नै घरटहरा भत्काउनु परेकाे उहाँले बताउनुभयाे । सिद्धार्थ राजमार्ग क्षेत्रमा ७०० बढी घरटहरा सडककाे क्षेत्राधिकारभित्र बनेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८ १६:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय