![तिनाउ पानीमिल नजिकै जीप दुर्घटना : दुई जना घाइते !](https://eranimahal.com/wp-content/uploads/2021/09/242445579_298044938798696_2476245678777143834_n.jpg)
पाल्पा - जिल्लाको पाल्पा बुटवल सडक खण्डको सिद्धार्थ राजमार्गमा बलेरो जीप दुर्घटना भएको छ । पाल्पाबाट बुटवल जाँदै गरेकाे जीप तिनाउ गाउँपालिका-३, पानीमिल सानोगैरामा दुर्घटना हुँदा दुइ जना घाइते भएकाे स्थानीय बासिन्दा कृष्ण प्रसाद पाण्डेले रानीमहललाई जानकारी दिनुभयो ।
लु १ च ४३ २६ नम्बरको रातो प्लेटको बलेरो दुर्घटनाका घाइतेको लुम्बिनी प्रदेशिक अस्पतालमा उपचार हुदै गरेको र घाइतेको अवस्था मध्यम् रहेको वडा अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो ।
घाइते हुनेमा बुटवल उपमहानगरपालिका–२, बस्ने २८ का ज्ञानबहादुर दर्लामी चालक, र सोही स्थानका वर्ष २२ का रोहित सिंजाली सहचालक रहेको दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक प्रहरी विष्णुबहादुर कुँवर रहनुभएको छ । दुबै जनाको अवस्था मध्यम् रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान ७ बजेतिर भएको कुँवरले बताउनुभयाे ।
घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
तस्वीर कृष्ण पाण्डेकाे सहयाेगमा ।
![](https://eranimahal.com/wp-content/uploads/2021/09/242221014_602692914423131_16038694392481736_n-768x572.jpg)
![](https://eranimahal.com/wp-content/uploads/2021/09/242505704_583892299727729_2603318068359943821_n-768x576.jpg)
![](https://eranimahal.com/wp-content/uploads/2021/09/242742761_278721994097177_1050006550304522998_n-768x576.jpg)
![](https://eranimahal.com/wp-content/uploads/2021/09/242445579_298044938798696_2476245678777143834_n-768x572.jpg)
प्रकाशित मिति: बुधबार, असोज १३, २०७८ ०८:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय