Erani Mahal
भूकम्प प्रभावितका लागि घरटहरा बनाउँदै पाल्पाली टोली
palpali toli
तानसेन – भूकम्पबाट प्रभावित जिल्लाहरू जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा अस्थायी घरटहरा निर्माणमा पाल्पाबाट गएको टोली खटिएको छ । गत मङ्सिर ५ गतेदेखि नै रुकुमपश्चिमको आठबिस्कोट नगरपालिका–१३ घेत्मामा पाल्पाबाट गएको टोलीले अस्थायी घरटहरा निर्माण गरिरहेको छ । हालसम्म पाल्पाबाट गएको टोलीले भूमम्प प्रभावितका लागि १८ वटा घरटहराहरू निर्माण गरेर सकेको पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो । नेकपा एमालेको राष्ट्रिय अभियान अन्तर्गत भूकम्प प्रभावित नागरिकको पुनस्र्थापनाका लागि आफूहरू एक सातादेखि रुकुम पश्चिममा खटेको उहाँले बताउनुभयो । भूकम्प प्रभवितको राहत र अस्थायी आवास निर्माणका लागि एमाले पाल्पाबाट युवा, विद्यार्थी तथा पार्टीका नेताकार्यकर्ताहरू एक सातादेखि खटेकाे नेकपा एमाले पाल्पाका उपाध्यक्ष देवीलाल लामिछानेले बताउनुभयाे । रूकुमपश्चिमका भूकम्प प्रभावितकाे लागि अस्थायी घरटहरा निर्माण कार्यलाइ निरन्तरता दिने उहाँले बताउनुभयाे ।
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update