Erani Mahal
भूकम्प प्रभावितलाई रैनादेवी र रिव्दीकाेटले राहत पठाउने
rainadevi chhahara gapa
पाल्पा - जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित परिवारलाई राहत रकम सङ्कलन गर्ने कार्य भइरहेको छ । जिल्लाको रिव्दीकोट र रैनादेवी छहरा गाउँपालिकाले भूकम्प प्रभावितको राहतका लागि रकम सहयोग गर्ने निर्णय गरेका छन् । रैनादेवी छहरा गाउँपालिकाले तीन लाख रुपियाँ भूकम्प प्रभावित परिवारका लागि सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पाँच दिन बराबरको तलब, वडा अध्यक्षहरूले दुई दिनबराबरको र वडा सदस्यहरूले एकदिन बराबरको तलबभत्ता उपलब्ध गराउने निर्णय भएको बताउनुभयो । जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको राहत, उद्दार तथा पुनस्र्थापनामा उक्त रकम खर्च गर्ने गरी कोषमा सङ्कलन गरिने उहाँले बताउनुभयो । यस्तै रिव्दीकोट गाउँपालिकाले एक लाख ६६ हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको विपद् कोषबाट एक लाख र जनप्रतिनिधिहरूतर्फबाट ६६ हजार रुपियाँ भूकम्प प्रभावित परिवारलाई सहयोग गरिने अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिनुभयो । यसअघि रामपुर नगरपालिकाले भूकम्प प्रभावितका लागि एक लाख एकाउन्न हजार १११ रुपियाँ बराबरको सामग्री सहयोग गरेको थियाे। यस्तै जिल्लाको माथागढी गाउँपालिकाले भूकम्प प्रभावितका लागि पाँच लाख रुपियाँ राहत रकम सहयोग गरेकाे पालिकाका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update