Erani Mahal
सिद्धार्थ राजमार्गको छेउमा पुरुष मृत फेला
dead-body
तानसेन – सिद्धार्थ राजमार्गको छेउमा एक पुरुष मृत फेला परेका छन् । पाल्पाको तिनाउ–५, चर्चरे नजिकै सिद्धार्थ राजमार्गको छेउमा अन्दाजी २२ वर्षका पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । शबको पहिचानका लागि पहल भइरहेको सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update