Erani Mahal
बर माग्ने मेलाबाट १८ लाख ५० हजार भेटी संकलन
tinau vetii
तानसेन - पाल्पाकाे सत्यवतीमा चलेकाे बर माग्ने मेलाबाट १८ लाख बढी भेटी संकलन भएकाे छ । पाँच दिनसम्म चलेको बर माग्ने मेलाबाट १८ लाख ५० हजार भेटी सङ्कलन भएको हाे । जिल्लाको तिनाउ–४, सत्यवतीमा मङ्सिर ७ गतेदेखि ११ गतेसम्म लागेको बर माग्ने मेलामा भक्तजनले १८ लाख ५० हजार रुपियाँ भेटी चढाएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिनुभयाे । जिल्लाभित्र र जिल्लाबाहिरबाट आएका दर्शनार्थीहरूबाट नगदसहित जिन्सी भेटी सङ्कलन भएको छ । मेला सकिएपछि भेटी गणना गरिएको र मेला अबधिमा भत्तलजनले एउटा सुनको सिक्का, एउटा तिलहरी र एउटा चाँदीको बत्ती बाल्ने पानससमेत दान गरेको समितिका अध्यक्ष गाहाले बताउनुभयो । मेला सकिनासाथ पारदर्शिताका लागि भेटी सङ्कलन गरेर सार्वजनिक गरिएको अध्यक्ष गाहाले बताउनुभयो । मेलामा भएको भेटीको पारदर्शी बनाएपछि मन्दिरप्रति भक्तजनको विस्वास बढ्ने अपेक्षा गरेको उहाँले बताउनुभयो । पाँच दिनसम्म चलेको बर माग्ने मेलामा एक लाख ६० हजार बढी दर्शनार्थीको सहभागिता भएको बताइएको छ । उहाँका अनुसार गत वर्षको तुलनामा यो वर्ष भेटी भने कम सङ्कलन भएको छ । गत वर्ष मेलाबाट २१ लाख बढी भेटी सङ्कलन भएको थियो । सङ्कलित भेटीबाट मन्दिरको जीर्णोद्वार, मन्दिरसम्म पुग्ने सडकको स्तरउन्नति, सामाजिक विकास तथा ताल संरक्षणमा खर्च गरिनेछ । हरेक वर्षको तिहार पछिको पूर्णिमामा यहाँ चिच्याएर बर माग्ने मेला लाग्ने गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update