Erani Mahal
रिब्दिकोटको मैनादीमा सुन्तला महाेत्सव हुँदै
Suntala palpa (4) (2)
तानसेन - जिल्लामै पहिलो पटक सुन्तला महोत्सव हुने भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ७ को मैनादीमा महाेत्सव हुन लागेकाे हाे । महाेत्सवका लागि आज तयारी गरिएकाे छ । जिल्लामा पहिलो पटक हुन लागेको सुन्तला महोत्सवमा माटो परीक्षण, रोग किरा सम्बन्धी उपचारबारे जानकारी यान्त्रीकरणका बारे किसानलाई जानकारी सुन्तलाको जुस, जाम र जेली निर्माण तथा बजारिकरणकाका विषयमा ज्ञान दिने पनि बताइएको छ । महाेत्सवका लागि दश वटा स्टल बनाइएकाे छ । मैनादीस्थित वडा कार्यालयको आयोजना र पालिकाकासहित सरेकारवाला निकायको सहयोगमा एक दिने सुन्तला महोत्सवकाे सम्पूर्ण तयारी पूरा भएको वडा नं. ७ का अध्यक्ष दान बहादुर कुवंरले बताउनुभयाे । मैनादीसहित यो पालिकाका किसानले अन्य खेती छाडेर पनि सुन्ताल खेती गर्दै आएका छन् । बढ्दो उत्पादनबाट धेरै आम्दानी लिनका लागि सुन्तालाको विविधिकरण तथा बजारीकरणमा महोत्सवले सहयोग मिल्ने अपेक्षाका साथ जिल्लामै पहलिो पटक महोत्सवको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयाे । यो पालिकाले गत वर्षको तुलनामा खेती गर्ने किसान बढेको र आगामी वर्षहरुमा सुन्तला खेती विस्तार गरी गाउँमै रोजगारी दिने तथा बसाइसराई रोक्नका लागि पनि यो महोत्सवले टेवा पुग्ने विश्वास लिएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update