Erani Mahal
माडी महोत्सवमा आज गायिका ज्याति मगरको प्रस्तुती रहने
jyott
पाल्पा – पाल्पाको माथागढीस्थित सराइमा सञ्चालन भइरहेको माडी महोत्सवमा आज चर्चित गायिका ज्याति मगरको प्रस्तुती रहनेछ । गत मंसिर ९ गतेदेखि सञ्चालन भएको महोत्सवमा आज गायिका मगरले दर्शकमाझ आफ्नो प्रस्तुती दिनुहुने सांस्कृतिक संयोजक राजन बलालले बताउनुभयो । आज शनिबार भएकाले पनि मगरको प्रस्तुती हेर्न दर्शकको घुँइचो लाग्ने अनुमान गरिएको छ । आजै गायिका धनमाया दिसुवा, तुल्सा गाहा, प्रज्व प्रलयको समेत प्रस्तुती रहनेछ । यसअघि रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, दुर्गेश थापा, रामजी खाँड, सौगात सायरलगायतले प्रस्तुती दिनुभएको थियो । यस क्षेत्रको अर्थतन्त्र चलायमान गराउन, पर्यटकीय क्षेत्रको प्रचार गर्न तथा माडी क्षेत्रमा उत्पादित बस्तुको बिक्री गर्न महोत्सवको आयोजना गरिएको मूल आयोजक समितिका संयोजक खोमबहादुर गाहाले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update