Erani Mahal
पाल्पा जिल्लामा पहिलो गैरआवासीय नेपाली नागरिकता प्रदान
NRN
पाल्पा - जिल्लामा पहिलो गैरआवासीय नेपाली नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले जिल्लामै पहिलो पटक गैरआवासिय नागरिकता जारी गरेको हो । तानसेन नगरपालिका वडा नं‍ ४ का १८ बर्षिय फेलिक्स बज्राचार्यलाई प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलावाट प्रदान गरिएको हो । जिल्लामा पहिलो गैरआवासीय नेपाली नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले भन्नुभयो । बास्तोलाले पछिल्लो नागरिकता एन अनुसार जिल्ला प्रशासन कार्यालय पाल्पाले जिल्लामै पहिलो पटक गैरआवासिय नागरिकता जारी गरेको जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update