Erani Mahal
तानसेनको कुटुम्ब बहुउद्देश्यीय सहकारीको दोस्रो साधारण सभा
ku
पाल्पा - तानसेनको कुटुम्ब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष भुपती पाण्डेले कुटुम्बले आर्थिक अनुशासनको पालना गर्दै आफँुलाई अब्बल बनाउने दिशा तर्फ उन्मुख रहेको बताउनुभयाे । धेरै सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्न नसकेको भन्दै अध्यक्ष पाण्डेले कुटुम्बलाई पनि सामाजिक उत्तरदायित्व बहनमा ध्यान दिन अनुरोध गरे । ‘आफ्ना सदस्यलाई सुखि र स्वास्थ्य बनाउन तर्फ ध्यान दिनुहोला’ संघका अध्यक्ष पाण्डेले भन्नुभयाे, ‘सदस्यलाई सुखि र स्वस्थ बनाउन ध्यान दिनुभयो भने बाल्यकालमै रहेको यो संस्था बृद्द अवस्था सम्म तन्दुरुस्त हुन्छ ।’ कुटुम्बले छोँटो समयमा गरेको आर्थिक प्रगतिको तारिफ गर्दै पाण्डेले आगामी दिनमा थप सफलताका लागि शुभकामना ब्यक्त गरेका थिए । सहकारीका अध्यक्ष थानेश्वर गैरेले सहकारी विधिसम्मत् र सेयर सदस्यमैत्री रुपमा संचालन भैइरहेको बताउनुभयाे । कुटुम्बले आँफुलाई शसक्त, क्षमतावान र विश्वासिलो बनाउदै गएको बताउँदै अध्यक्ष गैरेले सहकारीलाई आगामी दिनमा पाल्पाकै उत्कृष्ट बनाउने गरि काम गर्ने प्रतिबद्दता जनाए । कुटुम्बमा हालसम्म ५६४ जना सदस्य आबद्द छन । संस्थाले निक्षेपतर्फ नियमित बचत, दैनिक बचत, मासिक बचत, आवधिक बचत तथा बाल बचत र लगानी तर्फ व्यापार, व्यवसाय, हायर पर्चेज र कृषि क्षेत्रमा लगानी गर्दै आएको छ । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई वचतको आधारमा बिना धितो लगानी गर्दै आएको छ । गत आवमा कुटुम्बले ७ करोड १६ लाख २३ हजार ५ सय १६ रुपैयाँ १९ पैसाको कारोवार गरेको छ । बचत निक्षेप ३ करोड ४० लाख १५ हजार ६ सय ०१ रुपैँया ०३ पैंसा संकलन गरेको छ भने २ करोड ५३ लाख ९५ हजार ५ सय ९६ रुपैयाँ ८५ पैसा निक्षेप फिर्ता गरेको छ । संस्थाले शेयर सदस्यमा कर्जा लगानी ३ करोड ६२ लाख ६८ हजार २ सय ९५ रुपैयाँ र २ करोड ७१ लाख १ हजार ९ सय ९० रुपैँया कर्जा अशुली गरेको छ । आ.व.२०७८।०७९ मा ३५ जना शेयर सदस्यहरुमा कर्जा लगानी गरिएकोमा आ.व. २०७९।०८० मा ९१ जना शेयर सदस्यहरुमा व्यापार व्यसाय, हायर पर्चेज, कृषि क्षेत्रमा लगानी गरिएको छ । नेपाल सरकारको प्रचलित आयकर ऐन अनुसार ८४ हजार ५७ रुपैयाँ १३ पैंसा सम्बन्धित निकायमा दाखिला गरिएको छ । यस आर्थिक वर्ष २०७९।०८० श्रावण देखी आषाढ मसान्त सम्मको कार्यालय प्रशासनिक खर्च , कर्मचारि खर्च, बचतको व्याज खर्च, आयकर कट्टी लगायत सम्पुर्ण कारोबारको खर्च दायित्व पुरा गरेर संस्थाले रु १५ लाख ९७ हजार ८५ रुपैयाँ ५५ पैसा खुद नाफा गर्न सफल भएको छ । संस्थाले आ.व. २०८०।०८१ मा शेयर सदस्यता वृद्दि गरि ७०० जना र बचत तथा निक्षेप संकलन लाई वृद्दि गरी ६ करोड पु्याउने लक्ष्य लिएको छ । निक्षेप तर्फको सम्पुर्ण व्याजदरलाई समय अनुसार परिवर्तन गरिने छ । आ.व. २०८०।०८१ मा ५ करोड ५० लाख कर्जा लगानी गरि सदस्यहरुलाई अझ व्यसायिक, उद्यमि र स्वरोजगार बनाउने लक्ष्य लिएका छ । संस्थाले विक्तिय कारोवार संगसंगै शेयर सदस्यहरुलाई उचित तालिमको व्यवस्था गरि आत्मनिर्भर, स्वरोजगार र व्यवसायी बनाउने योजना बनाएको छ । महिला उद्यमी तथा युवा स्वरोजगार तथा उत्पादमुलक क्षेत्रमा ब्यवसाय गर्नेहरुलाई छनौट गरि ९ प्रतिशतमा कर्जा उपलब्ध गराउने योजना बनाएको छ । साधारण सभाको अवसरमा संस्थामा नियमित बचत, दैनिक बचत र कर्जा कारोबार गर्नुहुने एक एक जना सदस्यहरुलाई प्रमाण पत्रसहित सम्मान गरिएको छ । आगामी वर्षबाट संस्थामा आवद्द जेष्ठ नागरिकलाई सम्मान गर्ने, सदस्यको कम्तिमा ५ लाख सम्मको दुर्घटना बिमा गर्ने र कर्मचारी संचय कोषको ब्यवस्था समेत लागु हुने बताईएको छ । साधारण सभाको अवसरमा जिल्ला सहकारी संघका अध्यक्ष भुपती पाण्डे र पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष भगवान भण्डारीलाई सम्मान गरिएको थियो । सभामा उपाध्यक्ष महेश शर्मा आचार्य र कोषाध्यक्ष बिश्णु प्रसाद खनालले आफ्नो धारणा राख्नुभयाे भने कार्यक्रमकाे संचालन सचिव नारन न्याौपानेले गर्नुभएकाे थियाे ।
प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update