Erani Mahal
पाल्पामा चर्चित गायिका ज्याेति मगरकाे गीतसँगै झुमे दर्शक
jyotii
तानसेन - चर्चित लोकगायिका ज्योति मगर शनिवार पाल्पाली दर्शकमाझ प्रस्तुत भएकी छन् । माथागढीस्थित सराइमा जारी महोत्सवमा उनले आफ्ना केही हिट गीत गाएर दर्शकलाई झुमाएकी छन् । ९ गतेबाट सुरु भएको ‘दोस्रो माडी सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’मा बिदाको दिन पारेर प्रस्तुतिका लागि आएकी ज्योतिलाई हेर्न र उनको प्रस्तुति हेर्न दर्शकको बाक्लो भीड लागेको थियो । उनको प्रस्तुतिमा दर्शकले हुटिङ र तालीले साथ दिएका थिए । स्टेज तताउन माहिर मानिने गायिका ज्योतिको प्रस्तुति धेरैले मोवाइलमा समेत कैद गरेका थिए । शनिवार अन्य कलाकारहरुको समेत प्रस्तुति रह्यो । उनकाे प्रस्तुती हेर्न विभिन्न स्थानबाट दश हजार बढी दर्शक महाेत्सवमा आएका थिए । महाेत्सवमा उपस्थित दर्शकले मेलाकाे अवलाेकन गर्नुका साथै मनाेरन्जनमा समेत सहभागी भएकाे महाेत्सव मूल आयाेजन समितिका संयाेजक खाेमबहादुर गाहाले बताउनुभयाे । महोत्सवमा आइतवार चर्चित गायक हेमन्त शर्मा र गायिका समीक्षा अधिकारीलगायतका कलाकारहरु मुख्य आकर्षकका रुपमा सांस्कृतिक संयोजक राजन बलालले जानकारी दिनुभएकाे छ । मंसिर २१ गतेसम्म महोत्सव चल्नेछ ।
प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update