Erani Mahal
पाल्पाली बहुउद्देश्यीय सहकारीकाे अध्यक्षमा श्रेष्ठ निर्वाचित
shyam kunwar
पाल्पा – पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था पोखराको सञ्चालक समिति अध्यक्षमा चिरञ्जीवी श्रेष्ठ निर्वाचित हुनुभएकाे छ । संस्थाको पाँचौं साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः उहाँको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समिति उपाध्यक्षमा बाबुराम खनाल, सचिव रेशम थापा, कोषाध्यक्ष उमा सापकोटा, सहसचिव युमाया पचभैया र सहकोषाध्यक्ष रेनुका बज्राचार्य रहनुभएकाे छ । सदस्यमा पदमप्रसाद पोखरेल, दामोदर बस्याल, गीतादेवी शर्मा र पिताम्बर तिमिल्सिना रहेको निर्वाचन समिति संयोजक विष्णुप्रसाद लम्सालले बताउनुभयाे । लेखा समिति संयोजकमा सुनिल अर्याल र सदस्यमा केशव नेपाल र अनुपमान कर्माचार्य रहनुभएकाे छ । संस्थाका कानुनी सल्लाहकार विष्णुप्रसाद लम्साल संयोजक रहेको निर्वाचन समिति सदस्य ताराप्रसाद पोखरेल र नारायणप्रसाद पौडेल सदस्य रहनुभएकाे थियाे । त्यसअघि, कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले पोखरामा पाल्पालीले व्यावसायिक उत्तरदायित्व बहन गर्नुका साथै मौलिकतालाई बचाउँदै आएको बताउनुभयाे । जिल्ला सहकारी संघ कास्की अध्यक्ष सावित्री कोइरालाले मासिक बचत संस्थाको मेरूदण्ड भएकोले बचतमा जोड दिनुपर्ने सुझाव दिनुभयाे । उहाँले संख्यात्मक रुपमा सहकारी बढेकोले भन्दै मर्ज गर्नुपर्नेमा बताउनुभयाे । कार्यक्रममा गुल्मेली समाज पोखराका निवर्तमान अध्यक्ष एवं रेसुंगा सहकारीका अध्यक्ष भानुभक्त भण्डारी ‘क्षितिज’, सम्मानित व्यक्तित्वतर्फबाट सहकारीमा निवर्तमान अध्यक्ष एवं पाल्पा हाउसका अध्यक्ष कुलप्रसाद घिमिरेलगायतले बोल्नुभएकाे थियाे । सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयाे । यसैबीच, सहकारीले पाल्पाली सहकारी पत्रकारिता पुरस्कारबाट श्यामनाथ कुँवरलाई पुरस्कृत गरेको छ । उनलाई मन्त्री जिसीले ११ हजार १११ रुपैयाँसहित सम्मानपत्र हस्तान्तरण गरेका हुन् । सहकारीका प्रेस सल्लाहकार कुँवर तीन दशकदेखि पत्रकारितामा क्रियाशील छन् । हाल समाधान दैनिकमा कार्यरत उहाँले प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारलगायत कैयौं पुरस्कार र सम्मान प्राप्त गर्नुभयाे । सो अवसरमा सहकारीमा निवर्तमान अध्यक्ष एवं पाल्पा हाउसका अध्यक्ष कुलप्रसाद घिमिरेलाई संस्थागत सम्मान गरियो । उत्कृष्ट कारोबारकर्तामा सेयर सदस्य बलबहादुर राउत सम्मानित हुनुभयाे । सो अवसरमा संस्थाका सेयर सदस्यका एसइई उत्तीर्ण छोराछोरीलाई सम्मान गरियो । संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पाल्पाली समाजका पूर्व अध्यक्ष एवं ऋण उपसमिति संयोजक बाबुराम खनाल र सञ्चालन सचिव रेशम रचक थापाले गर्नुभएकाे थियाे । शिक्षा उपसमिति संयोजक बालचन्द्र परियारले सहकारीका ७ सिद्धान्त वाचन गरे । सहकारीमा ४८१ सेयर सदस्य रहनुभएका थियाे ।
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update