Erani Mahal
पाल्पामा राष्ट्रिय स्वतन्त्र पार्टी भागवण्डामा सहभागी : खानेपानीमा पायाे काेषाध्यक्ष पद !

तानसेन – पुराना दलभन्दा पृथक हो भन्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी पुराना दलभन्दा कच्चा देखिएको छ । उसले पुराना दल भन्दा हामी फरक र नयाँ हौ भन्दै आएको थियो । तर पाल्पामा राष्ट्रिय स्वतन्त्र पार्टीको व्यवहार भने पुराना दलको भन्दा कुनै फरक देखिएको छैन । 


उसले खानेपानी उपभोक्ता समितिमा समेत भागवन्डा खोजेको छ । तानसेन खानेपानी उपभोक्ता समितिमा भागवण्डाका आधारमा पाएको कोषाध्यक्षमा रास्वपाले चित्त बुझाएको छ । तानसेन खानेपानीमा पाल्पामा क्रियाशील दलहरूको बीचमा पदीय भागवन्डा भएको थियो । उक्त भागवन्डामा रास्वपाले देशकै चौथो पार्टीको हौसियतमा काेषाध्यक्ष पद पाएर खुसी बनेको बताइएकाे छ । 

रास्वपाले कोषाध्यक्षमा सुशिला श्रेष्ठ कर्माचार्यलाई उम्मेदवार बनाएको छ । कर्माचार्य निर्बिरोध कोषाध्यक्षमा निर्वाचित भइसक्नुभएको छ । 


तानसेन खानेपानीको उम्मेदवारमा मनोनयन सकिएको छ । आगामी पुस १४ गते निर्वाचनको सबै प्रक्रिया सकिनेछ । अध्यक्ष र सचिव पदमा बाहेक अन्य सबै पदमा निर्बिरोध समितिका पदाधिकारी चयन भएका छन् । 


अध्यक्षमा भने मोहनप्रसाद श्रेष्ठ, राजु महर्जन, भुगोलप्रसाद बैँजु र प्रज्ञासागर शाक्यको उम्मेदवारी परेको छ । यस्तै सचिवमा प्रेम मल्ल र विष्णुबहादुर कार्कीको उम्मेदवारी परेको निर्वाचन अधिकृत दुर्गाबहादुर थापाले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update