Erani Mahal
तमु ल्होसारको अवसरमा लुम्बिनी प्रदेशका सभामुख घर्तीमगरद्वारा शुभकामना व्यक्त

पाल्पा -  लुम्विनी प्रदेशका माननीय  सभामुख तुलाराम घर्ती मगरले तमु ल्होसारको अवसरमा देश–विदेशमा रहनु हुने लुम्विनी प्रदेशवासी गुरुङ्ग समुदाय एवं गैर गुरुङ्ग समुदायका आमा–बुवा, दिदी–बहिनी, दाजु–भाईहरुमा शुभकामना व्यक्त गर्नु भएको छ ।  ।

 

तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष । आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । सभामुख घर्ती मगरले गुरुङ्ग समुदायले विशेष पर्वको रुपमा मनाइने ल्होसारले समुदायको इतिहास, भाषा, संस्कृति तथा जातीय मौलिकताको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गर्नु भएको छ ।

 

 

 

  “नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त मुलुक हो । यहां विभिन्न जात–जातिको आफ्नै भाषा, संस्कृति र मौलिक पहिचान छ । गुरुङ्ग समुदायको आफ्नै पुर्खाेली थातथलो, भाषा, लिपी र मौलिक संस्कार संस्कृति कला बोकेको बहुआयमिक पहिचान जसको आफ्नै जीवन शैली छ ।” उहांले आईतवार विहान जारी गर्नु भएको शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ– आदिवासी जनजातिमा सूचिकृत यो समुदायले नेपालको आर्थिक, राजनीतिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण भूमिका खेल्दै आएको कुरा हामी कहिलै भुल्न सक्दैनौ । विभिन्न जातजाति भाषा भाषी भएको सुन्दर नेपालमा अझै सुन्दरता थप्न यो समुदायको विशेष महत्वपूर्ण भूमिका रहेको छ ।”

 

 

उहांले विश्व मानचित्रमै गुरुङ्ग समूदायले देखाएको आफ्नो उच्च मनोबल, साहस, बहादूरी अनि बफादारिताले नेपालीको शिर सदैव उच्च राखेको पनि शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।   लुम्बिनी प्रदेश सभाले सामाजिक न्याय र  सामाजिक सद्भावलाई स्थापित गर्न जातीय भाषिक र धार्मिक रुपमा उत्पीडित समुदायको भाषिक, धार्मिक र सांस्कृतिक हक अधिकार संरक्षणको लागि कानुन निर्माणमा विशेष ध्यान दिएको उल्लेख गर्नुहुदै  सभामुख घर्ती मगरले तमु ल्होसारले सम्पुर्ण नेपालीहरुमा आपसी मित्रता भाईचारा बन्धुत्व सद्भाव र सहिष्णुताको कायम गर्न पनि महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।

 
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update