Erani Mahal
माओवादीकाे तीन महिने अभियान समापन

तानसेन – नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको अभियान सकिएको छ । माओवादीले पार्टी र जनताबीचको सम्बन्ध सुधार गर्न तीन महिनाअघिदेखि ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान सञ्चालन गरेको थियो । सो अभियान सोमबार समापन भएको माओवादी केन्द्र पाल्पाले जनाएको छ । 

 

अभियानको समापन कार्यक्रममा बोल्नुहुँदै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पाल्पा जिल्ला इन्चार्ज कृष्णध्वज खड्काले अभियानले माओवादीलाई थप सुदृढ र मजबुत बनाउन सहयोग पु¥याएको जिकिर गर्नुभयो । उहाँले विगतमा पनि माओवादी जनताबीचमै रहेको र जनतासँग अलग भएर माओवादी अघि बढ्न नसक्ने बताउनुभयो । 
उहाँले संविधानमा उल्लेख भएअनुसार नेपाली जनतालाई समाजवादको यात्रामा अघि बढाउन पनि माओवादीको विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य दिपेन्द्र पुन सिजल, संविधानसभा सदस्य लिला सोमइ, केन्द्रीय सदस्य अनिल किशोर घिमिरेले लगायतले अभियान र माओवादीको वर्तमान कार्यदिशाबारे बोल्नुभएको थियो । 
तीन महिने अभियानमा पार्टीको भेला÷बैठक, जनतासँग भेटघाट तथा अन्तरक्रिया भएको जिल्ला संयोजक राजेन्द्र विश्वकर्माले बताउनुभयो । उहाँले सरकारले गरेका कामको जनतासम्म पु¥याउने काम पनि अभियानको क्रममा भएको बताउनुभयो । 
 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update