Erani Mahal
परिवर्तनकाे नेतृत्व रास्वपाले गर्छ : सभापति लामिछाने

पाल्पाराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकले परिवर्तनको आवाज खोजेको बताउनुभएकाे छ । शनिबार रामपुरमा भएकाे सभामा बाेल्नुहुँदै उहाँले जनताले परिवर्तनकाे चाहना गरेकाे उल्लेख गर्नुभयाे । उहाँले जनताकाे चाहना अनुसार परिवर्तनका लागि सबैले साथ दिन आग्रह गर्नुभयाे । 

उहाँले सबैलाइ मत परिवर्तन गर्न आग्रह गर्नुहुँदै त्यसले मात्र गन्तव्यमा पुग्न सकिने धारणा राख्नुभयाे । सभापति लामिछानेले जुनसुकै मुद्दा लागे पनि अन्याय र अत्याचारविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी लडिरहने बताउनुभयो ।

उहाँले नेपाली जनताले हार्न नहुने र आँट गरेपछि निश्चित गन्तव्यमा पुग्न सकिने दावी गर्नुभयाे । सबै खालका विभेदका  बिरूद्ध रास्वपा लड्ने उहाँले प्रतिबद्धता जनाउनुभयाे । 

सो अवसरमा सोही पार्टीका सांसद सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी सबैको साझा पार्टी भएकाले जनताका मुद्दा, समस्यालाई संसद्मा उठाउँदै आइरहेको बताउनुभयो ।

यसअघि पनि रामपुरमा सभा गर्न भनेकाे रास्वपाले स्थगित गरेकाे थियाे । रामपुरमा सर्वसाधारणकाे बाक्लाे उपस्थितिले रास्वपाका नेताहरू हाैसिएका छन् । 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update