Erani Mahal
नेपाल शिक्षक महासंघ निस्दीको दोस्रो अधिवेशन सम्पन्न

हाेम राईमगर

पाल्पा - नेपाल शिक्षक महासंघ गाउँ कार्य समिति निस्दी,पाल्पाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

निस्दी गाउँ कार्य समितिका सह-अध्यक्ष विष्णु बयम्बुको अध्यक्षतामा भएको उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल शिक्षक महासंघ पाल्पाका अध्यक्ष कृष्ण थापा रहनुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले आफ्नो पेसागत अधिकारको लागि समयको माग बमोजिम आन्दोलन गर्नुपरेको स्मरण गर्दै राज्यले शिक्षकलाई हेर्ने दृष्टिकोण सकारात्मक नरहे सम्म गुणस्तरीय शिक्षाको अपेक्षा गर्न नसकिने बताउनुभयो ।

आफ्नो शिक्षण अनुभव बताउनु हुँदै अध्यक्ष थापाले सधैं राज्यलाई मात्र दोष देखाएर शिक्षक उम्किन खोज्नु गलत रहेको समेत बताउनुभयो । कार्यक्रममा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले शिक्षा ऐन ल्याउन संघ र प्रदेशले ढिलाइ गरे पनि निस्दीले विज्ञको सहयोगमा तत्काल स्थानीय शिक्षा ऐन ल्याउने तयारी गरेको जानकारी दिनुभयो । उहाँले पाल्पाको १० वटा पालिकाहरु मध्ये निस्दीले सबभन्दा बढी बजेट शिक्षामा विनियोजन गरेको दावी प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष मोहन सापकोटाले आफू कार्यरत दमकडा नमुना विद्यालय पाल्पाको विगत र वर्तमानको अवस्था प्रस्तुत गर्नु हुँदै नमुना विद्यालय बनाउन शिक्षकहरुको समूहगत एकता रहनुपर्ने बताउनुभयो । त्यसैगरी नेपाल शिक्षक संघ पाल्पाका अध्यक्ष लक्ष्मण बस्यालले शिक्षकहरुको एकताका कारण पेशागत समस्या समाधान गर्न सकिने बताउनु हुँदै पछिल्लो समयको शिक्षक आन्दोलनलाई उपलब्धिमूलक बनाउन सदैब चनाखो रहुनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा निस्दी शिक्षा शाखाका संयोजक नर बहादुर थापा,नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष देवीलाल लामीछाने,नेपाली कांग्रेस महासमिति प्रतिनिधि शालिकराम पाण्डेय,नेकपा माओवादी केन्द्र निस्दीका अध्यक्ष राम बहादुर खत्री,नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दीका अध्यक्ष लोक बहादुर सारु लगायतकाले आ-आफ्नो धारणा राख्नुभएको थियो ।

अधिवेशनले लाल बहादुर सोतीको अध्यक्षतामा २३ सदस्यीय नेपाल शिक्षक महासंघ निस्दी गाउँ कार्य समिति गठन गरेको छ । जसको सह-अध्यक्षमा विष्णु पाण्डे,उपाध्यक्षमा विष्णु थापा,महिला उपाध्यक्षमा निर्मला कालुङ्ग,सचिबमा चित्र सिंह आले र सहसचिबमा जीवन कालुङ्ग सर्वसम्मत चयन हुनुभएका छ ।

त्यसैगरी सदस्यहरुमा राजु भण्डरी, सम्झना खत्री,खेम बहादुर सुनारी,खिम बहादुर बिक,इश्वर राक्से,सपना गाहा लगायतका रहनुभएको छ । नेपाल शिक्षक संघ निस्दीका अध्यक्ष विष्णु रेग्मीले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको सन्चालन नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दीका सचिब केश बहादुर सुनारीले सन्चालन गर्नुभएको हो ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update