Erani Mahal
पाल्पा रिव्दीकाेटका बासिन्दाले  सर्वोत्तम सिमेन्ट प्रालिकाे सेयर पाउने

पाल्पा – सर्वोत्तम सिमेन्ट प्रालिले पाल्पाका खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दालाई आइपिओ भर्न दिने भएको छ । जिल्लाको रिव्दीकोटस्थित वडा नं. २, ३, ४ र ६ मा बसोबास गर्ने बासिन्दालाई उक्त कम्पनीले आइपिओमार्फत सेयर दिन लागेको हो । 

प्रभावित क्षेत्रका बासिन्दाले न्युनतम ५० कित्तादेखि १० हजार कित्तासम्मका लागि निवेदन दिन पाउनेछन् । सर्वोत्तम सिमेन्टको आइपिओको प्रतिकित्ता न्युनतम ३९०.९० रुपियाँका दरले भर्न पाउने व्यवस्था गरेको छ ।

स्थानीय बासिन्दाले रिव्दीकोट गाउँपालिका वडा नं. ७ बतासेमा रहेको कृषि विकास बैँकमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । स्थानीय बासिन्दाले २०८० पुस २५ गतेदेखि माघ १० गतेसम्म आवेदन दिन सक्ने बताइएकाे छ । स्थानीय बासिन्दाकाे माग र पालिकाकाे माग अनुसार कम्पनीले प्रभावित क्षेत्रका बासिन्दालाई सेयर दिएकाे पालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी बताउनुभयाे । 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update