Erani Mahal
तानसेनकाे हिउँदे अधिवशेन सम्पन्न

पाल्पा - तानसेन नगरपालिकाको नगर सभाको १४ औ सभा तथा हिउँदे अधिवेशन सम्पन्न भएकाे छ । सभामा सभामा तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजालीले चालु आर्थिक वर्ष २०८०/०८१ को प्रथम ६ महिनामा सम्पादन गरेको न्यायीक समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । उहाँले प्रतिवेदन पेश गर्दै वडास्तरबाट उजुरी तथा विवादको निरुपण गर्ने काम हुने गरेकाले न्यायीक समितिमा विवादका उजुरीको संख्या कम दर्ता हुन थालेको बताउनुभयो ।

नगर उपप्रमुख सिंजालीले चालु आर्थिक वर्षमा २८ वटा विवादहरु दर्ता भएकोमा १७ वटा मिलापत्र गराइएको, ४ वटा जिल्ला अदालत पठाइएको र ७ वटा छलफलको क्रममा रहेको सभामा जानकारी गराउनुभयो । यसका साथै सभामा नगर कार्यपालिकाले गरेका स्रोतान्तरसहितका विभिन्न निर्णयहरु सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी गराउनुभयो ।

सभाले तानसेन नगरपालिकाको संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक २०८० सभाका सदस्य महेश्वर श्रेष्ठले पेश गर्नुभएकाे थियाे । उक्त विधेयकमा सभाका सदस्य माधव बस्यालले सुझाव राख्नुभएकाे थियाे । सभाले उक्त विधेयक पारित गरेकाे जनाएकाे छ । सभाका अध्यक्ष सन्ताेषलाल श्रेष्ठकाे अध्यक्षतामा सभा सम्पन्न भएकाे हाे । 

 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update