Erani Mahal
विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न

तानसेन – जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । बैठकमा पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जिल्लामा हाल भइरहेको विपद्का काम र आगामी दिनमा गर्नुपर्ने कामका बारेमा प्रस्तुती राख्नुभएको थियो । उहाँले विपद् व्यवस्थापन समितिले आगलागी, बाढी पहिरो पीडित तथा अन्य विपद्का घटनाबाट मृत्यु र क्षति भएका प्रभावित परिवारलाई सरकारले तोकेअनुसारको राहत प्रदान गरेको जानकारी दिनुभयो । 
बैठकमा लुम्विनी प्रदेश सरकारका मुख्य सचिव राधिका अर्यालले विपद्का घटना न्युनीकरणमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले खानीजन्य पदार्थ व्यवस्थापनका बारेमा प्रदेश सरकारको भूमिका नभएपनि संघीय सरकारलाई त्यसबारेमा जानकारी दिएर आवश्यक सुधारका लागि पहल गर्न सकिने बताउनुभयो । उहाँले लुम्विनी प्रदेशभित्र रहेका १२ वटै जिल्लाका स्थानीय तहले बजेट तथा कार्यक्रममा पाएको समस्याका बारेमा आफू जानकार रहेको बताउँदै समस्या समाधानमा लाग्ने उल्लेख गर्नुभयो । 
बैडकमा जिल्ला समन्वय समितिकी उपप्रमुख काशिका ज्ञवालीगैरेले जिल्लाभित्र देखिएको ओभरलोड र खानीसम्बन्धी समस्याका बारेमा निकास निस्कने गरी पहल गर्नुपर्ने बताउनुभयो । यस्तै जिल्लास्थित नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे, माओवादी केन्द्रका संयोजक राजेन्द्र विश्वकर्मा, रास्वपाका उपसभापति सुमन गैरे, राप्रपाका अध्यक्ष डुलबहादुर कुँवर, नेकपा समाजवादीका अध्यक्ष अशाेककुमार शाही, राजमोका अध्यक्ष विशाल दर्लामी लगायतले चुनढुंगाका कारण जिल्लाका नागरिक प्रताडित बनेकाले खानीबाट उत्पन्न समस्या समाधानमा सबै लाग्नुपर्नेमा जोड दिनुभएको थियो । 
यस्तै तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराई, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, रभ्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ र निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बोल्नुभएको थियो । 
यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठ, स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरी, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, नेपाल रेडक्रस सोसाइटी पाल्पाका उपसभापति भीमसेन कार्की, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष सैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्याललगायतले सुझाव राख्नुभएको थियो । बैठक प्रजिअ काफ्लेको अध्यक्षतामा भएको थियो ।  
 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update