Erani Mahal
जसले पाल्पाका विद्यालयमा २५ लाख बढीको अक्षयकोष स्थापना गर्नुभयो 

पाल्पा – जिल्लाको बगनासकाली–२, पोखराथोक निवासी पदम रानाले विभिन्न विद्यालयमा २५ लाख बढीको अक्षयकोष स्थापना गर्नुभएको छ । जिल्लाका विभिन्न विद्यालयमा पुगेर रानाले २५ लाख १६ हजार ६६३ रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको हो । 
विपन्न बालबालिकाको अध्ययन्लाई सहयोग पु¥याउन रानाले विद्यालयमा अक्षयकोष स्थापना गरेको बताउनुभयो । रानाले बगनासकाली गाउँपालिकाको सिद्धि माध्यमिक विद्यालयमा आठ लाख ८८ हजार ८८८ रुपियाँ, जनता प्राविमा पाँच लाख पाँच हजार ५५५ रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ । यस्तै विष्णु माध्यमिक विद्यालयमा तीन लखा पाँच हजार ५५५ रुपियाँ, हिमाल आविमा पाँच लाख पाँच हजार ५५५ रुपियाँ र दमकडा माविमा एक लाख पाँच हजार ५५५ रुपियाँको अक्षयकोष स्थापना गर्नुभयो । 
विपन्न बालबालिकाको शैक्षिक विकासका लागि सहयोग पुग्ने गरी हिमाल प्राविलाई एक लाख पाँच हजार ५५५ रुपियाँको अक्षयकोष स्थापना गर्नका लागि रकम सहयोग गर्नुभयो । दृष्टिबिहीन विद्यार्थी, कुमाल समुदायका बालबालिका अध्ययन् गर्ने विद्यालय तथा विपन्न समुदायका बालबालिका अध्ययन् गर्ने विद्यालयमा अक्षयकोष स्थापना गरेको रानाले बताउनुभयो । आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन् गर्न नपाएको अनुभव सुनाउँदै उहाँले सबैलाई शिक्षाको पहुँचमा पु¥याउन विद्यालयजस्तो पवित्रस्थलमा सहयोग गरेको बताउनुभयो । रानाले २०२३ अप्रिल १५ तारिका दिन दुबइमा झन्डै ७२ करोड बराबरको चिठ्ठा जित्न सफल हुनुभएको थियो । 
 

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update