Erani Mahal
चीनको राष्ट्रपति सीकाे  वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासमा जोड

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले चीनको वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासमा जोड दिएका छन् ।

 

 

 

मङ्गलबार आयोजित कार्यक्रममा चिनियाँ विशेषतासहितको वित्तीय विकासको मार्गमा प्रतिबद्ध रहन र वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्न उनले जोड दिए ।

 

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले एक अध्ययन सत्रको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उक्त टिप्पणी गरेका हुन् ।-(रासस-सिन्ह्वा) 

 
प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update