Erani Mahal
कालिगण्डकी करिडोरमा मोटरसाइकल दुर्घटना ः एक जनाको मृत्यू 

पाल्पा - जिल्लाको कालिगण्डकी करिडोरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाको अनुसार ७ गते अन्दाजी २१ः५५ बजेको समयमा पाल्पा रम्भा गा.पा. १ भुमर स्थित कालिगण्डकी करीडोर सडक खण्डमा दुर्घटना भएको हो । 

 

 


उक्त खण्डको पिपलडाँडाबाट हुँगी तर्फ आउदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाईकल सडकबाट अन्दाजी २ सय मिटर तल कालिगण्डकी किनारमा खसी दुर्घटना भएको प्रहरीले जनाएको छ । 

 

 


दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी हुँगीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक र ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिई गई बुझ्दा मोटरसाईकल चालक जिल्ला पाल्पा रम्भा गा.पा. १ असर्दी बस्ने बर्ष २८ को हेमन्त जि.टी. को घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

 

 


प्रहरीको प्रारम्भिक अनुसन्धान कार्य पश्चात शव पोष्टमार्टमको लागि रामपुर अस्पताल पाल्पामा पठाईएको, उक्त घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी रहेको सूचना अधिकारी प्रहरी निरीक्षक श्रीराम भट्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update