Erani Mahal
दिव्य ज्याेति माविकाे ५५ औँ वार्षिकोत्सव सम्पन्न

पाल्पा – माथागढी–३, स्थित दिव्य ज्योति नमुना माध्यमिक विद्यालयको ५५ औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले दिव्य ज्योति जिल्लामै नमूना विद्यालयको रुपमा स्थापित भएको बताउनुभयो ।

उहाँले पछिल्लो समय विद्यार्थीलाई केलब किताबी ज्ञान मात्र नभएर विद्यार्थीको सर्वाङ्गीर्ण विकासमा विद्यालयले ध्यान दिएकोले दिव्य ज्योति अरु विद्यालयभन्दा अब्बल रहेको बताउनुभयो । उहाँले विद्यालयमा केही संरचना बनाउन बाँकी रहेकाले ती क्षेत्रको विकासका लागि आफूले सकेको पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । 

01-1706970458.jpg

 

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समितिकी प्रमुख काशिका ज्ञवाली ज्ञवालीगैरेले दिव्य ज्योतिले पछिल्लो समय आफूलाई अब्बल सावित गर्दै लगेको बताउनुभयो । उहाँले विद्यार्थीले विद्यालयभित्र सबै कुरा सिक्न पाउने वातावरण विद्यालयले निर्माण गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा अर्का विशिष्ट अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले विद्यालयले नतिजा सुधारसँगै विविध क्षेत्रमा प्रगति गर्दै गएको उल्लेख गर्नुहुँदै विद्यालयको प्रगतिमा पालिका साथ दिन तयार रहेको बताउनुभयो । उहाँले दिव्य ज्योतिको आफू पूर्व विद्यार्थीका हैसियतले पनि यसको संरक्षण र विकासमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा माथागढी वडा नं. १ का अध्यक्ष राजकुमार पन्थीले विद्यालयले भौतिक विकाससँगै नतिजा सुधारमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । 

यस्तै जिल्ला खेलकुद विकास समितिका कार्यबहाक अध्यक्ष दिपक घिमिरे, सामाजिक स्रोत विकास केन्द्र नेपाल पाल्पाका कार्यकारी निर्देशक चोपलाल गिरी, पूर्व प्रधानाध्यापक नारायणप्रसाद अधिकारी, वडा नं. ३ का सदस्य मानबहादुर राना, विव्यसका पूर्व अध्यक्ष खेमानसिंह राना, माउण्ट भ्याली बोर्डिङ् स्कुलका प्रधानाध्यापक प्रेमराज खराललगायतले शुभकामना दिनुभयो ।

1-1706970458.jpg

वार्षिकोत्सव कार्यक्रममा प्रधानाध्यापक लोकेन्द्र थापाले हालसम्म भएका काम, शैक्षिक उपलब्धी र भावी योजनाका बारेसहितका प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले पछिल्लो समय अभिभावकको माग अनुसार कक्षा ९ सम्म अंग्रेजी माध्यम्को पठनपाठन भएको, प्ले ग्रुल (खेल समूह)को कक्षा सञ्चालन गरेको, विज्ञान र गणित कक्षको स्तरउन्नति गरेको, अभिभभावक भेला नियमित गरेको, नतिजा सुधारका लागि सेमी र पूर्ण छात्राबास सञ्चालन गरेको, अतिरिक्त कक्षा सञ्चालन गरेको बताउनुभयो । कार्यक्रम अभिभावक संघका अध्यक्ष नरबहादुर रानाको स्वागत, विव्यस अध्यक्ष रेखीराम रानाको अध्यक्षता र सहायक प्रअ नारायणबहादुर मसराङ्गीको संचालनमा सम्पन्न भएको थियो । 

08-1706970464.JPG

IMG_6740-1706970468.jpg

वार्षिकोत्सवमा उत्कृष्ट शिक्षक पाँच जना, उत्कृष्ठ अभिभावक १४ जना, चन्दादाता र अक्षयकोषदाता तथा विभिन्न संघसंस्थालाई सम्मान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यार्थीले विज्ञान प्रदर्शनी, गणित प्रदर्शनी, शिक्षक, विद्यार्थी, एनसिसी क्याडेटस् तथा स्काउट र टेक्वान्दो क्लबको प्रतीभा प्रदर्शन गरिएको थियो । 

अक्षयकाेष स्थापना
वार्षिकोत्सव समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पदमबहादुर घर्तीमगरले आफ्नो स्वर्गीय बुवाआमा स्मृतिमा १ लाख रुपियाँको र पूर्व प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले बुवाआमाको स्मृतिमा २० हजार रुपियाँको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभयो ।

010-1706970468.JPG

IMG_6950-1706970471.JPG

IMG_6925-1706970471.JPG

IMG_7073-1706970475.JPG


 

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update