Erani Mahal
पाल्पामा  तीन जना मृत फेला

पाल्पा – जिल्लाको रिव्दीकोटमा तीन जना मृत फेला परेका छन् । सोमबार दुई जना पुरुष र एक जना महिला गरी तीन जना मृत अवस्थमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 
जिल्लाको रिव्दीकोट गाउँपालिका–८, काहुले बस्ने ४२ वर्षकी श्यामकला गाहा आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । 

श्यामकलाका श्रीमान् ५३ वर्षका अम्मरबहादुर गाहा भने अर्को कोठामा झुण्डिएको अवस्थामा फेला परेको श्रेष्ठले जानकारी दिनुभयो । 
घटना के कारणले भएको हो भन्ने अनुसन्धान भइरहेको छ । यस्तै रिव्दीकोट–२, दम्बक बस्ने ६५ वर्षका भक्तबहादुर सार्की आफ्नै गोठको तल्लो तलामा मृत अवस्थामा फेला परेको पाल्पा प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update