Erani Mahal
प्रेस चाैतारीकाे स्थापना दिवसमा विविध कार्यक्रम

तानसेन – प्रेस चौतारी नेपालको २६ औ स्थापना दिवस विविध कार्यक्रमसहित मनाइएको छ । स्थापना दिवसको अवसरमा तानसेनमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले पत्रकारहरू जुनसुकै परिवर्तनमा पनि अग्रगामी हिसाबले भूमिका खेलेको बताउनुभयो । उहाँले पत्रकारहरूले बेतिथिको बिरुद्धमा लड्दै निरन्तर रुपमा लोकतन्त्र, समानता र परिवर्तनको पक्षमा रहेको बताउनुभयो । 

425703475_880880250713191_1950571646366669284_n-1707147388.jpg
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले पत्रकारिता क्षेत्रले निरन्तर रुपमा श्रमजीवि जनताको पक्षमा आवाज उठाउँदै आएकाले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले केही पत्रकारका कारण पत्रकारितामाथि नकारात्मक टिप्पणी भइरहेकाले पत्रकार चनाखो भएर कलम चलाउनुपर्नेमा जोड दिनुभयो । 425652860_880879977379885_3636514310791015749_n-1707147444.jpg

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, प्रेस चौतारीका केन्द्रीय सदस्य कमलराज तिमिल्सिना, मिलन विश्वकर्मा, निवर्तमान अध्यक्ष राजेन्द्र लिगल, पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, प्रेस सेन्टरका कोषाध्यक्ष कमलर अधिकारी, समाजवादी प्रेस संगठनका अध्यक्ष पदम गैरेले शुभकामना दिनुभयो । 
कार्यक्रम चौतारीका जिल्ला अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता र सचिवालय सदस्य सन्तोष ज्ञवालीको संचालनमा सम्पन्न भएको हो । यसअघि चौतारीले तानसेनस्थित गार्गी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई जुत्ता, मोजा, कापी र कलम वितरण गरेको थियो । 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  २१:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update