Erani Mahal
चिदीपानीकाे बन्द हुन थालेकाे  ज्ञानाेदय विद्यालय पालिकाकै अव्वल बन्दै : स्वर्ण महाेत्सवकाे भव्य तयारीमा

पाल्पा - विद्यार्थी संख्या र पूर्वाधार अभावमा बन्द हुन थालेको जिल्लाको चिदीपानी स्थित ज्ञानोदय आधारभूत विद्यालयले नयाँ व्यवस्थापनसँगै काँचुली समेत फेरेको छ ।  विद्यालयमा स्थानीय युवा राजकुमार पन्थीले व्यवस्थापनको जिम्मा लिएर विद्यालयको भौतिक तथा शैक्षिक सुधार भएको स्थानीयहरुले बताउँदै आएका छन् । 

 


विद्यालयले आफूलाई गाउँपालिकाकै अव्वल विद्यालयको रुपमा स्थापित गराउँदै गएको छ । विद्यालयले शैक्षिकसँगै विभिन्न अतिरिक्त तथा रचनात्मक क्रियाकलाप गर्दै आइरहेकोले अभिभावकहरुको समेत मन जित्न सफल भएको छ । 

 


विद्यालयले यसै वर्ष आफ्नो स्थापानाको ५० औ वार्षिकोत्सव तथा स्वणर् महोत्सव समारोह समेत भव्य रुपमा गर्ने गरी तयारी गरेको छ । 
फागुन १ गते बृहत कार्यक्रमकाबीचमा स्वणर् महोत्सव  मनाउन थालिएको विद्यालय  ब्यवस्थापन समितिका अध्यक्ष तथा माथागढी १ चिदीपानीका वडा अध्यक्ष समेत रहनुभएका युवा अध्यक्ष राजकुमार पन्थीले रानीमहललाई बताउनुभयो । 

 

नथब-ब-1707559548.jpg
 


केही बर्ष पहिले ५ जना विद्यार्थी भएर बन्द हुन थालेको विद्यालय नयाँ नेतृत्व र ब्यवस्थापत्तन सहित स्थानान्तरण भै समुदायको साथमा पालिकाकै नमुना विद्यालय बन्न समेत सफल भएको छ । 

 


स्वणर् महोत्सव सम्पन्न गर्न पुर्ब बिध्यार्थी, शिक्षक समाजसेवी बुद्दिजिबि हरुले आर्थिक सङ्कलन सहित सहयोग भैरहेको विद्यालयका प्रअ विजयदीप पन्थीले बताउनुभयो । 

 


कार्यक्रममा प्रतिनिधि सभा सदस्य ठाकुर गैरे, नारायण प्रसाद आचार्य, प्रदेश साम्सद वीर ब राना, खेम बहादुर सारु लगायतका जनप्रतिनिधिहरु  र विद्यालयको भवन निर्माणमा सहयोग गरेका जापानी नागरिक काजुमासा काकिमि ओके बाजे, नेपाल सरकारका सह सचिव पुर्ब बिध्यार्थी श्रीकृष्ण नेपाल दिपकराज नेपाल उपसचिब राजेश पन्थी लगाएत अतिथिहरु आउने गरी कार्यक्रम तय भएको विद्यालयले जनाएको छ । 

 


विद्यालयको स्वणर्  महोत्सव  समारोह कार्यक्रम अन्तर्गत माघ २४ गते देखि विभिन्न  शारीरिक  तथा बौद्धिक  प्रतियोगिता  सुरु भैरहेको, विधालयका सहायक प्रअ तथा अतिरिक्त  कृयाकलाप समितिका संयोजक मेनुका थापाले रानीमहलाई जानकारी दिनुभएको छ । उहाँले विद्यालयको नयाँ व्यवस्थापनको सोंच र शिक्षक कर्मचारी तथा अभिभावकबीचको तालमेलले विद्यालय पालिकाकै अव्वल र नमुना बन्दै गएको बताउनुभयो ।

 
 
 
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update