Erani Mahal
पाल्पा चिदीपानीका नेपाल पोर्चुगलको पहिलो राजदुत नियुक्त ! 

पाल्पा- जिल्लाको माथागढी गाउँपालिका १ चिदीपानीका सनिल नेपाल पोर्चुगलको लागि पहिलो नेपाली राजदुतमा नियुक्ति हुनुभएको छ । 
उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र पोर्चुगलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो ।  यस्तै भरतराज पौडेल क्यानडाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त हुनुभएको छ । 

 

 


नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले शुक्रवार नेपाल र पौडेल राजदूत नियुक्त गर्नुभएको हो । 

 

 


सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका थिए । सम्बन्धित देशले अग्रिमो पठाएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्नुभएको हो । सरकारले पोर्चुगलमा पहिलो पटक दूतावास खोल्ने निणर्य गर्दै नेपाललाई राजदूत नियुक्त गरेको हो । पौडेल यसअघि परराष्ट्र मन्त्रालयको सचिव थिए ।

 


पाल्पा चिदीपानीका नेपाल स्थानीय सौभाग्य माविमा अध्ययन गर्नुभएकाे थियो । उहाँको निणर्य सरकारले पहिले नै गरेता पनि संसदीय सुनुवाई हुन समय लागेका कारण नियुक्ती ढिलाई भएको थियो । उहाँ राजदुतमा नियुक्तीसँगै चिदीपानीका विद्यालय, जनप्रतिनिधि, स्थानीय, पाल्पाली सबैले सामाजिक संजालबाट बधाई शुभकामना समेत दिएका छन् ।

 
 
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update