Erani Mahal
निस्दीको अर्चले स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

होम राई मगर पाल्पा -  निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पाको स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री सेवा प्रदायक संस्था घोषणा गरिएको छ ।

 

निस्दी गाउँपालिका पाल्पाको आयोजनामा सन्चालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयाल रहनुभएको हो । कार्यक्रममा बोल्नु हुँदै प्रमुख प्रशासकीय अधिकृत दयालले स्वास्थ्य चौकीले निर्धारित सुचक पूरा गरेकोले किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रदायक संस्थाको रूपमा घोषणा गरिएको जानकारी दिनुभयो ।

 

 

उहाँले स्वास्थ्य र शिक्षा क्षेत्रमा गाउँपालिकाले प्राथमिकता दिएको बताउनु हुँदै बालबालिकाहरुलाई बालमैत्री कार्यक्रममा प्रत्यक्ष रुपमा सहभागिता जनाउन र अन्तरक्रियामा भाग लिन सुझाव दिनुभएको थियो ।

 

कार्यक्रममा नेपाल परिवार नियोजन संघ पाल्पाका प्रमुख शोबकान्त न्यौपानेले बालबिबाहका कारण बालरोग र मातृरोगमा वृद्धि भएको बताउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य मिम्श्री बयम्बु,मित्याल प्रहरी चौकी प्रमुख मिथालेस कुमार यादव लगायतकाले कार्यक्रमका बारेमा आ-आफ्नो धारणा राख्नुभएको थियो ।

 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक,स्वास्थ्य आमा समूहका अध्यक्ष तथा प्रतिनिधि,महिला स्वास्थ्य स्वयं सेविका र विद्यार्थीहरुको सहभागिता रहेको थियो । अर्चले स्वास्थ्य चौकी सन्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन बाल कल्याण अधिकारी कुश्माखर पाण्डेले गर्नु भएको थियो ।

 
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update