Erani Mahal
सार्वजनिक प्राविमा शैक्षिक गुणस्तर वृद्धि गर्न प्रशंसनीय दृष्टिकोण तालिम 

पाल्पा - जिल्लाको तानसेन १२ बौघापोखराथोकमा रहेको सार्वजनिक प्राथमिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिको लागि प्रशंसनीय दृष्टिकोण तालिम दिइएको छ ।  प्रशंसनीय दृष्टिकोणका केन्द्रीय अध्यक्ष डा. रामबहादुर राउतले विद्यालयलाई अगाडि वढाउनको लागि अभिभावक, शिक्षक,स्थानीय ब्यक्तिहरु र विद्याथीहरु एकजुट हुनु पर्ने बताउनु भएको छ । उहाँले विद्यालयलाई आहा र नमूना भन्ने लायक वनाउनको लागि स्थानीयहरुको भूमिका प्रमुख हुने बताउनु भयो । उहाँले भन्नुभयो हामि अहिले पनि पुरानो ढाँचा र ढंगमा छौ त्यसलाई ब्यवहारीक वनाउदै अगाडि गएर पक्कै पनि सफलता पाउन सकिने उहाँले बताउनु भयो ।

 

तानसेन नगरपालिका वडा न १२ मा रहेको श्री सार्वजनिक प्राथमिक विद्यालयले आयोजना गरेको शैक्षिक गुणस्तर वृद्धिको लागि प्रशसनीय दृष्टिकोण विषयक अन्तरक्रिया कार्यक्रम आफनो भनाई राख्दै  डा.राउतले समाजमा धेरै नकारात्मक कुराहरु हुने गरेको उल्लेख गर्दै सकारात्मका सोच सहित भिजन वनाएर अगाडि वढेर विद्यालय निकै उत्कृष्ठ हुने बताउनुभयो ।

 

कार्यक्रममा तानसेन नगरपालिका वडा नं १२ कि कार्यपालिका सस्दय वसन्ती रानाले सकारात्मक दृष्टिकोणबाट समाज फेरिने भएकोले  पनि  आउदा दिनहरुमा वडाले यस्तै तालिमहरुलाई समेत प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
सो अवसरमा विद्यालयका पूर्व ब्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन केहर सि आलेले विद्यालय सवैको मुटु भएकाले आफनो विद्यालयलाई अगाडि वढाउनको लागि एक भएर अगाडि वढनु पर्नेमा जोड दिनुभयो ।

 

विद्यालयका प्रधानाध्यापक राम कुमारी थापा रास्कोटीले कार्यक्रममा सहभागि हुन आउनु भएका अभिभावक तथा विद्यार्थीहरुलाई स्वागत गर्दै  तालिमले आफूहरुमा थप उर्जा मिलेको अनुभव सुनाउँदै बेला बेला यस्ता तालिमहरुको आवश्यक रहेको बताउनु भयो ।
 तालिममा भूतपूर्व ब्यवस्थापन समितिका अध्यक्ष झमान सि दर्लार्मि, सदस्यहरु भिम वहादुर रास्कोटी,मान वहादुर राना,धारादी स्यानडाँडा पाखा सामुदायिक वनका अध्यक्ष गोपाल सि आले, गरिमा महिला समूहकि अध्यक्ष हरिकला केसी लगायतकाले अन्तरक्रिया निकै प्रभावकारी भएको बताउनुभयो ।

 

 विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपालको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा वौघापोखराथोकका करीव असी जना अभिभावकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update