Erani Mahal
माथागढी गाउँपालिका स्तरीय हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । सिद्धार्थ माध्यमिक विद्यालय माथागढी, ७ रहवासमा भएको कार्यक्रममा पालिकाको वडा नं. ४ देखि ८ सम्मका २३ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले पालिकाले शैक्षिक विकासमा विभिन्न क्रियाकलापहरु संचालन गरेको बताउनुभयो । उ

 

 

हाँले सिकाई स्तरमा सुधारको लागि सक्षम कार्यक्रम, अतिरिक्त क्रियाकलाप, शिक्षक क्लव लगायत विद्यालयको शिक्षक कर्मचारीहरुलाई तालिम समेत दिएको बताउभयो । प्रमुख अतिथि समेत रहनुभएका चिदीले पालिकाले अभिभावक विहिन बालबालिकाको शैक्षिक अभिभावकत्व समेत लिएको बताउनुभयो । उहाँले शैक्षिक सुधारमा शिक्षक र अभिभावकको भूमिका महत्वपूणर् रहेको बताउनुभयो । हाजिरी जवाफ प्रतियोगिताले सहभागि विद्यार्थी र विद्यालयलाई एक अर्कोविचमा सहकार्यको समेत विकास हुने बताउनुभयो । 

 


कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया लुंचेले पालिका स्तरीय प्रतियोगिताको माध्यमबाट बालबालिकामा अन्तरनिहित प्रतिभा प्रस्फुटमा सहयोग गर्ने बताउनुभयो । प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले पालिकाले दुई स्थानमा अतिरिक्त क्रियाकलाप गरेको बताउँदै सहभागि तथा विजयी विथार्थीलाई धन्यवाद सहित बधाई दिनुभयो । 

 


शिक्षा शाखा प्रमुख प्रेम बहादुर बारघरेले शिक्षाको वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष फरक फरक विद्यालयमा कार्यक्रमहरु आयोजना गर्ने अभियान थालिएको बताउनुभयो । उहाँले शिक्षाको विकासमा पालिकाले योजना बनाएर काम थालेका बताउनुभयो । वडा नं. ७ का वडा अध्यक्ष जंग बहादुर दर्लामीले वडा नं. ७ मा प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद दिनुभयो ।

 

सिद्धार्थ माध्यमिक विद्यालयका विव्यस अध्यक्ष इन्द्र बहादुर सुनारीले विद्यालयमा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यवाद दिनुभयो । सिद्धार्थ माविका प्रधानाध्यापक दिल बहादुर थापाले एक अर्कोका विद्यालयवीचमा सिकाई आदान प्रदानसँगै शैक्षिक प्रतिस्प्रर्धाको लागि प्रतियोगिता सफल भएको बताउनुभयो । 

 

 

सहभागि विद्यालयका प्रअ मध्ये चित्रेछाप प्राविका प्रअ दुर्गा पाैडेल सिर्जना प्राविका प्रअ टेक बहादुर रेश्मीले बाेल्नुभएकाे थियाे । अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक शिव प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सदस्य गन प्रसाद रानाले गर्नुभएको थियो । प्रतियोगितामा माउण्ट मालिका स्कूल देउगिर प्रथम, रत्न माध्यमिक विद्यालय देवगिर दोस्रो र जनप्रिय प्राथमिक विद्यालय तेस्रो भएका थिए । प्रतियोगिताका विजेता विद्यार्थीलाई नगद, मेडल, सिल्ड र प्रमाणपत्र प्रमुख अतिथिले वितरण गनुएभयो ।

 
 
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update