Erani Mahal
माथागढीको सिद्धार्थ माविमा पालिकाकै पहिलो नागरिक वडापत्र !


पाल्पा, जिल्लाको माथागढी गाउँपालिका वडा नं ७ मा रहको सिद्धार्थ माध्यमिक विद्यालयले नागरिक वडा पत्र संचालनमा ल्याएको छ ।  रहवास चिर्तुगमा रहेको विद्यालयले संभवत पाल्पा जिल्ला माथागढी र भेगमै पहिलो पटक नागरिक बडापत्र बनाएर विद्यालयले आफ्नो सेवा सुविधाहरु बारे नागरिकलाई जानकारी दिएको छ । कतिपय सरकारी कार्यालयहरुले समेत नागरिक बडापत्र नराखेको अवस्थामा ग्रामीण भेगमा रहेको सामुदायिक विद्यालयको यो काम नमुनायोग्य रहेको छ । 

 

 


कक्षा १ देखि १२ कक्षासम्म अध्ययापन हुने यस विद्यालयमा भौतिक तथा शैक्षिक सुधारको कामहरु तीव्र रुपमा भएको विद्यालयले जनाएको छ । विद्यालय समुदायप्रति उत्तरदायी हुनुपर्ने र विद्यालयको काम तथा सेवाको बारेमा आम सर्वसाधारण अभिभावकले जानकारी पाउने व्यवस्थाको लागि नागरिक बडापत्र राखिएको विद्यालयका प्रधानाध्यापक दिल बहादुर थापाले रानीमहललाई बताउनुभयो । 

 

 


उहाँले नागरिक बडापत्र गाउँपालिका र जिल्लामै संभवत पहिलो पटक आफ्नो विद्यालयले संचालनमा ल्याएको बताउनुभयो । उहाँले विद्यालयमा विभिन्न ज्ञानवद्र्धक भनाई, राष्ट्रिय चिन्ह  राष्ट्रिय गान, रंगरोगन सहित शैक्षिक वातावरण विस्तारमा लागेको बताउनुभयो । 

 

विद्यालयकाे सेवा सूचनाबारे जनमैत्री बनाउनु र केही गुनासाे भए सम्बाेधन गर्ने गरी गुनासाे व्यवस्थापन सहितकाे सेवा समेत संचालन गरिएकाे विद्यालयले जनाएकाे छ ।  विद्यालयकाे यस काम अन्य विद्यालयकाे लागि समेत नमुना र अनुशरण याेग्य हुने विद्यालयका सहायक प्रअ लिलबहादुर रानाले रानीमहलाइ बताउनुभयाे । 

 
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update