Erani Mahal
माथागढीकै नमुना बन्दै गएको ज्ञानोदय आविको स्वर्ण महोत्सव

पाल्पा – जिल्लाको माथागढी गाउँपालिका वडा नं. १ चिदीपानी एक्लेवरमा रहेको ज्ञानोदय आधारभुत विद्यालयको ५० औं वार्षिकउत्सव तथा स्वर्ण महोत्सव कार्यक्रम सम्पन्न भएको छ । स्वर्ण महोत्सव कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य पाल्पा २ का ठाकुरप्रसाद गैरेले बन्द हुन लागेको विद्यालयको शैक्षिक र भौतिक प्रगति ल्याउनु भनेको शैक्षिक र सामाजिक परिवर्तनको अभियान भएको बताउनुभयो । गैरेले विद्यालयको समग्र विकासमा आफूले भरपूर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

 


यस्तै विशिष्ट अतिथि पाल्पा क्षेत्र नं. १ का सांसद नारायण प्रसाद आचार्यले विद्यालयले २०८४ सालसम्म माध्यमिक तहको संचालन गर्ने गरी काम गर्न शुभकामना दिनुभयो । उहाँले बन्द हुन थालेको विद्यालय पनि इच्छा शक्ति भएमा राम्रो हुन सक्ने रहिछ भन्ने प्रमाण देशभरका विद्यालयलाई ज्ञानोदयले दिएको आचार्यले बताउनुभयो । आचार्यले भवन निर्माण, कम्पाउन्ड, पुस्तकालय, शिक्षक ब्यबस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

 

Gyanoday--(3)-1708092267.jpg
 

 


विद्यालयले स्वर्ण महोत्सवका अवसरमा विभिन्न  प्रतियोगितात्मक कार्यक्रमहरु माघ २४ गते देखि २८ गते सम्म सन्चालन गरेको थियो । 
बन्द हुन थालेको विद्यालयलाई स्थानान्तरण गरेर नयाँ व्यवस्थापनमा संचालन भएपछि सरकारी विद्यालयमा समेत अभिभावकको आर्कषण सहित विद्यार्थी वृद्धि हुँदै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो । 

 

Gyanoday--(4)-1708092264.jpg

पन्थीको अगुवाईमा हालको स्थानमा विद्यालय स्थानान्तरण भएपछि विद्यार्थी संख्या संंगै विद्यालयको भौतिक र शैक्षिक सुधार सफल भएको छ । 
कार्यक्रममा प्रदेश सभा सदस्य खेम बहादुर सारु,  नेपाल सरकारका सहसचिव तथा ज्ञानाेदय प्राविका पूर्व विद्यार्थी श्रीकृष्ण नेपाल, माथागढी गाउपालिकाका अध्यक्ष यम बहादुर चिदी, प्रमुख प्रशासकीय  अधिकृत राम प्रसाद घिमिरे, वडा नम्बर  ३ का अध्यक्ष  तेज घर्ती, तानपा ८ का वडा अध्यक्ष राजेश कुमार अर्याल, कार्यपालिका सदस्य तुलसा नेउपाने, सौभाग्य माविका पूर्व प्रअ होमनाथ शर्मा  काफ्ले, विभिन्न संघ  सस्थाका प्रमुख तथा प्रतिनिधि,पत्रकार अभिभावकहरुको समुपस्थितिमा कार्यक्रम भएको थियो ।  
कार्यक्रममा विद्यालयका प्रअ विजयदीप पन्थीले  एक करोड उनान्सय लाख दुई हजार आठ  सय बाउन्न रुपैया बराबरको  आम्दानी  खर्चको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभयो । 

 

Gyanoday--(2)-1708092253.jpg
 


विद्यालय स्थापना समयमा  अग्रजहरुले गर्नुभएको महत्वपूर्ण  योगदानको समिक्षा, गरिएको  थियो । संस्थापक अध्यक्ष प्रेम प्रकाश नेपाल, संस्थापक सदस्य कृष्णचन्द्र पन्थी कार्यक्रममा सस्थापक पदाधिकारी तथा प्रतिनिधि जग्गादाताहरु, अक्षयकोश दाताहरु, पूर्व व्यबस्थापन  समिति पदाधिकारी, पुर्ब प्र अ ज्युहरु,पुर्ब शिक्षकज्युहरु,पुर्ब विद्यार्थीहरुको उपस्थिति  रहेको  थियो ।  

 


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. १ चिदीपानीका वडा अध्यक्ष राजकुमार पज्थीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी  कुशुम परियारको स्वागत तथा विद्यालयको शिक्षक मेनुका थापाले संचालन गर्नुभएको थियो ।

विद्यालयका बरपाेखरीमा संस्थापक अध्यक्ष प्रेम प्रकाश नेपाल रहनुभएकाे छ भने २०७८ पछि एक्लेवरमा स्थानान्तरण पछिका  आधारभूत तहका  अध्यक्षका रुपमा राजकुमार पन्थी रहनुभएकाे छ । यसअघि विद्यालय चिदीपानी ८ बरपाेखरीमा रहेकाे थियाे । 

 
 
 
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update