Erani Mahal
माथागढी चिदीपानीको भिखोक खोलामा तीन महिनामै पुल बन्यो !

पाल्पा – माथागढी चिदीपानीको भिखोक खोलामा तीन महिनामै पुल बनेको छ । योजना सम्झौंता भएको तीन महिनामै पुल बनेर निर्माण सम्पन्न भएको माथागढी १ चिदीपानीका वडा अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो । 

 


माथागढी १ चिदीपानी फेदीमा भिखोक खोला पक्कि पुल निर्माण सम्पन्न भएको छ उहाँले भन्नुभयो हामीले पहल गरेको बर्ष दिन भएको छैन तर पुल निर्माण सकिएको छ । 

 


बजेट ब्यवस्थापन, टेण्डर, सम्झौता गरेको तिन महिनामै कार्य सम्पन्न ठेकेदार पक्षले गरेको वडाको लागि सुखद विषय भएकोले म धेरै हर्षित छु पन्थीले भन्नुभयो । 

 


पुल निर्माणमा नेपाल सरकारका सहसचिव दिपकराज नेपालले सहयोग गरेको पन्थीले बताउनुभयो । पुल सडक पूर्वाधार विकास कार्यालय पाल्पाको करिब ६० लाखको लगानीमा निर्माण सम्पन्न भएको हो । 

 


पुलबनेसँगै चिदीपानीको चारघरे, हुमीन, बाँडेकोट हुँदै चर्चरेसम्मको यात्रा सहज हुनेछ । यसले रामपुरसम्मको स्थानीयलाई राहत पुग्ने  स्थानीय ऋषिराम पन्थीले बताउनुभयाे । 
 

 
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update