Erani Mahal
झडेवाको देवगीरमा काफ्ल पाकेट क्षेत्र कार्यक्रम 

पाल्पा – जिल्लाको माथागढी गाउँपालिका वडा नं ४ देवगीरमा किसानलाई काफल विक्री वितरणमा व्यवसायिकता ल्याउन काफल पाकेट कार्यक्रम सुरु गरिएको छ । 

 


वडा नंं  ४ झडेवाको कार्यक्रम अनुसार किसानको भिर, पाखोमा त्यसै खेर जाने काफलको व्यवसायिक खेती र बजारीकरणको लागि काफ्ल पाकेट कार्यक्रम लागु भएको हो । 

 


माथागढी गाउँपालिकाको सामुदायिक वन तथा व्यक्तिगत बारीमा प्रसस्त मात्रामा काफल पाईने भएकाले त्यसलाई विक्री गरी नागरिकको आयस्तर बढाउने योजना अनुसार काफल पकेट कार्यक्रम सुरु गरिएको वडा नं। ४ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले जानकारी दिनुभयो । काफल टिप्न र बेच्न लैजान सहज होस भनी किसानलाई क्यारेट समेत वितरण गरेको दर्लामीले बताउनुभयो ।

 

 


माथागढी गाउँपालिका वडा नं। ४ को कार्यालयले व्यक्तिगत रुपमा २३ जनालाई ४६ वटा क्यारेट वितरण गरेको हो । वडाले प्रतिव्यक्ति २र२ वटा क्यारेट वितरण गरेको हो । माथागढी गाउँपालिकाका धेरै स्थानीयहरुले काफल बिक्रि गरेर आम्दानी गर्ने गरेका छन् ।
 

 
प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update