Erani Mahal
रामपुरका छाडा कुकुर व्यवस्थापनका लागि स्थायी बन्ध्याकरण

पाल्पा  - रामपुरमा सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण शिविर बुधबार सम्पन्न भएको छ । सामुदायिक कुकुरको व्यवस्थापनका लागि रामपुर नगरपालिकाको आयोजना र वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा सिद्धार्थनगर रुपन्देहीको प्राविधिक सहयोगमा दुई दिने शिविर सम्पन्न भएको हो ।


 सामुदायिक कुकुरका कारण रेविज रोगको जोखिम बढेकाले कुकुरको व्यवस्थापन तथा संख्या न्यूनिकरणका लागि बन्ध्याकरण गरिएकोे नगरपालिकाले जनाएको छ । शिविर बाट नगरको मुख्य बजार क्षेत्रका १ सय १० सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरी रेविज भ्याक्सिन दिईएको पशु शाखा प्रमुख तुलसीराम काफ्ले जानकारी दिनुभयो । समुदायमा रहेका कुकुरले पशु चौपायासँगै मानिसलाई समेत आक्रमण गर्ने क्रम बढे पछि व्यवस्थापन संगै संरक्षणका लागि स्थायी बन्ध्याकरण र  रेविज विरुद्धको भ्याक्सिन शिविर सञ्चालन गरिएको रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले बताउनुभयो । कुकुरको व्यवस्थापनका लागि नगरपालिकाले यस वर्ष बजेट विनियोजन गरी कार्यक्रम गरेको र आगामी वर्षमा पनि विभिन्न वडामा स्थायी बन्ध्याकरण शिविर सञ्चालन गर्ने नगर प्रमुख थापाले बताउनु भएको छ ।

20240213122215_IMG_8330-1708174348.JPG


  वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा संस्थाका उपसचिव अर्विन दवादीले टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याई बन्ध्याकरण लगायत उपचार पश्चात नियन्त्रण लिइएको स्थानमै छाडिएको जानकारी दिनुभयो । शिविर मंगलबार र बुधबार साविक कृषि कार्यालय रामपुरको भवनमा भएको थियो । शिविरमा पशु चिकित्सक डाक्टर सन्दिप भट्टराई र गंगा यादवको नेतृत्वको टोलीले सेवा प्रदान गरेको थियो ।


   नगरपालिकाले बन्ध्याकरण शिविर सञ्चालनका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । आर्थिक बर्ष २०८० ०८१ का लागि विनियोजन गरेको बजेटबाट शिविर सञ्चालन गरेको हो । साथै सामुदायीक कुकुर व्यवस्थापनका लागि गत बर्ष देखि नै बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको छ । नगरपालिकाले गत वर्ष शिविर मार्फत ८७ वटा कुकुरको बन्ध्याकरण गरेको थियो । यस वर्ष १ सय १० वटा कुकुरको बन्ध्याकरण गरेको छ । 

 
 
प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update