Erani Mahal
माथागढी बहुउद्देश्यीय सहकारी संस्थाको छैटौ वार्षिक साधारण सभा 

पाल्पा –  माथागढी बहुउद्देश्यीय सहकारी संस्थाको छैठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष राजकुमार पन्थीले चार करोड ३४ लाख बराबरको आयव्याय तथा संस्थागत प्रतिवेदन पेश गर्नुभयो । उहाँले संस्थाले बचतऋण कारोबारसँगै किसानका लागि कुटानीपिसानी मिल संचालनमा ल्याएको, कृषि र पशुपालन क्षेत्रमा विविध कार्य गरेको, सेयर सदस्य एक हजार बताउनुभयो ।

उहाँले किसानलाई उत्पादनमा जोड्न सहकारीले विभिन्न निकायसँग मिलेर काम गरिरहेको बताउनुभयो । पन्थीले आगामी दिनमा सुपथ मुल्यको पसल सञ्चालन गर्ने, सहकारी शिक्षाका कार्यक्रम गर्ने, सेयर सदस्य र कारोबार रकममा बृद्धि गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।

11112-1708180330.jpg

 

कार्यक्रममा प्रमुख अतिथि माछापुग्छे« बहुउद्देश्यीय सहकारीका अध्यक्ष एवं पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले सहकारीका सेयर सदस्यको हितमा सहकारीले विगतदेखि नै काम गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो । विगतमा कोरोनाको महामारीका बेला सहकारीले किसानका उत्पादनलाई बजारसम्म पु¥याएर बिक्रीको सहज प्रवन्ध गरेकोले उक्त कामले सबैक्षेत्रबाट प्रशंसा पाएको उल्लेख गर्नुभयो । साधारणसभामा विशिष्ट अतिथि माथागढी गाउँपालिकाका कार्यपालिका सदस्य तुल्सा नेउपानेले सहकारीले माथागढी क्षेत्रका जनताको जीवनस्तर माथि उकास्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । 
कार्यक्रममा सहकारी संस्थाका लेखा समितिका संयोजक अनन्त पन्थीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुहुँदै लेखा प्रणाली समयअनुसार सुधार गर्नुपर्नेमा जोड दिनुभयो । सभामा कुलबहादुर गाहा, भानुभक्त बस्याल, मोहनबहादुर जिसीलगायतले शुभकामना दिनुभयो । कार्यक्रम सहकारी संस्थाका अध्यक्ष राजकुमार पन्थीको अध्यक्षता, उपाध्यक्ष टोपला पाण्डेको स्वागत र सञ्चालक समितिका सदस्य नवराज पन्थीको संचालनमा सम्पन्न भएको थियो । 

1000009061-1708180342.jpg
साधारणसभामा सहकारी संस्थाका उत्कृष्ठ बचतकर्ता, सेयर धनी, ऋणीलाई सम्मान गरिएको थियो भने संस्थाका अध्यक्ष राजकुमार पन्थी र कोषाध्यक्षलाई सम्मानसहित विदाई गरिएको थियो ।  तेस्रो अधिवेशनले भवानसिंह गाहाथापाको अध्यक्षतामा सात सदस्यीय सञ्चालन समिति गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा टाेपला पाण्डे, सचिवमा विजयदीप पन्थी, काेषाध्यक्षमा खेमानसिंह सारू रहनुभएकाे छ भने सदस्यहरूमा लिलाम्बर गाहा, कमल गाहा, नवराज पन्थी रहनुभएकाे छ । यस्तै अनन्त पन्थीको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन गरेको निर्वाचन समितिका अधिकृत कृष्ण अर्यालले जानकारी दिनुभयो । जसकाे सदस्यमा इश्वरी तिवारी र नारायणी पन्थी रहनुभएकाे छ । 

1000009060-1708180333.jpg

 
प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update