Erani Mahal
नेपाल मुद्रण महासंघ लुम्बिनीको  अध्यक्षमा घिमिरे 

पाल्पा -  नेपाल मुद्रण महासंघ लुम्बिनी प्रदेशको  अधिवेशनबाट अध्यक्षमा  पाल्पा मदनपाेखरा हाल रुपन्देहीका घनश्याम घिमिरे विजयी हुनुभएकाे छ ।  महासंघको शनिबार दाङमा भएको दोस्रो अधिवेशनबाट बाँकेका ज्योति भण्डारीलाई पराजित गर्दै  घिमिरे अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे । 

 

 

 निर्वाचित घिमिरेले ४० मत प्राप्त गर्नुभयाे भने उहाँका  निकटतम प्रतिद्धन्दी भण्डारीले १६ मत प्राप्त गर्नुभयाे । अध्यक्ष पदका लागि ५६ मत खसेको थियो । अन्य पदमा भने निर्विरोध निर्वाचित भएका छन् । संघको वरिष्ठ उपाध्यक्षमा गिरीराज आचार्य (दाङ), अर्का उपाध्यक्षमा हरिप्रसाद ज्ञवाली (बाँके) महासचिवमा लीलाधर लुईटेल (रुपन्देही), सचिवमा बाल गोविन्द चौधरी (दाङ), कोषाध्यक्षमा मेघराज सिग्देल (बर्दिया) निर्विरोध निर्वाचित हुनुभएकाे निर्वाचन समितिले जनाएकाे छ ।  

 

 

 

यस्तै सदस्यहरुमा जगदीश भट्टराई (पाल्पा), लक्ष्मी प्रसाद शर्मा (प्युठान), धनेन्द्र चौधरी (बाँके), मधुसुधन अर्याल (रुपन्देही), मानसिंह विक (रोल्पा), नारायण प्रसाद अधिकारी (बर्दिया), शालिकराम बस्नेत (दाङ), गुमान प्रसाद पाण्डे (कपिलवस्तु) सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत खेम लुईटेलले जानकारी दिनुभयाे ।

 
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update