Erani Mahal
तानसेनमा रहेकाे मोहनकन्या माविमा खाना महोत्सव

तानसेन – पाल्पास्थित मोहनकन्या माध्यमिक विद्यालयमा एक दिने खाना महोत्सव सम्पन्न भएको छ । विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थी सहभागी भै विभिन्न १५ प्रकारका परिकारहरू राखिएका थिए । विद्यार्थीहरूले मःम, पकौडा, फ्रेञ्च फ्राइ, ससेज, चिकन छोइला, भेज छोइला, बटुक, आलु कवाफ, चुकाउनी, पानी पुरी, चटपटे, कफिलगायतका परिकार विद्यालय आँगनमै पकाउँदै बिक्रि गरिरहेका थिए । अभिभावक, शिक्षक तथा विद्यार्थीहरू विभिन्न परिकार खाँदै रमाउँदै देखिन्थे । कार्यक्रममा छात्राहरूले नाँचगान समेत प्रस्तुत गरेका थिए ।

 

 

 

कार्यक्रमबाट ४५ हजारभन्दा बढीको बिक्रिभएको शिक्षक टंक भुसालले बताउनुभयो । विद्यार्थीहरूलाई कक्षाशिक्षक रिताअधिकारी, शान्ता सोमै थापालगायत शिक्षकहरूले सहयोग गर्नुभएको थियो । खाना महोत्सवमा सहभागी विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विधान श्रेष्ठले विद्यार्थीहरूको अग्रसरतामा सञ्चालित यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा श्रम सिपको विकास हुने, सामान खरिद र खाना परिकार बनाउने सिपको विकास हुने र सञ्चार सिप, नेतृत्व सिप जस्ता क्षमता विकास हुने बताउनुभयो ।

 

 

 

 

विद्यार्थीको अध्ययनका साथै यस प्रकारका अतिरिक्त क्रियाकलापमा समेत विद्यालयले ध्यानदिएको प्रधानाध्यापकदिपक ज्ञवालीले बताउनुभयो ।

 

 
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update