Erani Mahal
रुप्सेमा रहेको बुद्धि विकास आविको ७० औं वार्षिकोत्सव 

पाल्पा - जिल्लाको माथागढी गाउँपालिका वडा नं. २ रुप्सेमा रहेको बुद्धिविकास आधारभूत विद्यालयकोे‌ ७० औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । 
विद्यालयले वार्षिकोत्सवको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलापसंगै मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीको प्रमुख आतिथ्यता रहकेो थियो । अध्यक्ष चिदीले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै अभिभावकको मन जित्न सफल भएकाेमा शुभकामना दिनुभयो । उहाँले विद्यालयको भौतिक, जनशक्ति व्यवस्थापनमा पालिकाले ध्यान दिने बताउनुभयो । 

 


कार्यक्रममा लुम्बिनी प्रदेशको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पूर्व मन्त्री रमा घर्र्तीले गाउँमा बसाईसराई दर बढ्दै गइरहेकोले विद्यार्थी संख्या कम भएको बताउनुभयो ।

 

उहाँले सीमित स्रोत र साधनको बावजुत पनि विद्यालयले राम्ररो काम गरेको बताउनुभयो । शिक्षक मनोहर ज्ञवालीले स्वागत गर्नु भएको कार्यक्रममा वडा अध्यक्ष बोमबहादुर ठाडा, वडा सदस्य यान सिं थापा, अक्षयकोष दाताको तर्फबाट डिल्ली राज काफ्ले ,समाजसेवी तारा वहादुर सारु, माडी बहुउद्देश्यीय सहकारी सस्थाको अध्यक्ष तुल्सी राम भुसाल, वडा सचिव सरस्वती पन्थी, सामाजिक स्रोत विकास केन्द्र पाल्पाका कार्यकारी प्रमुख चोपलाल गिरी,पुर्ब अध्यक्ष आत्माराम कोइराला,कर्णधार माबिका सहायक प्रअ राजन अधिकारी, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


कार्यक्रममा विद्यालयका प्रअ कमलादेवी ढकालबाट विद्यालयको २०७९।८० को  आय, ब्यय प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले शारीरिक व्यायम, पिटि र नृत्य समेत प्रदर्शन गरेका थिए । विद्यालयका शिक्षक शोभा कडरिया कोइरालाले संचालन गर्नुभएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो । 

 

कार्यक्रममा पालिका अध्यक्ष यम बहादुर चिदीले १० हजार वडा नं २ का वडा अध्यक्ष बमबहादुर ठाडाले ५ हजार १ सय ११ वडा सदस्य यान सिं थापाले  ५ हजार ५० प्रअ कमालादेवी ढकालले ५ हजार १ सय शिक्षक सुमित्रा चिदीले ५ हजार ५ बाल शिक्षक गाेमा कुमालले ३ हजार  कार्यालय सहयाेगी लक्ष्मी काफ्लेबाट ३ हजार स्थानीय समाजसेवी ताराबहादुर सारुले  ५ हजार २५ गरी ४१ हजार २ सय ९१ रुपैया बरावरकाे अक्षयकोष समेत जम्मा गरिएकाे  विद्यालयका शिक्षक शाेभाकडरियाले रानीमहललाइ बताउनु भएकाे  छ । 

 

 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update