Erani Mahal
पाल्पा जिल्लाभर फागुन १५ गते  स्थानीय बिदा

पाल्पा - मगर एकता दिवसकाे दिन भाेलि फागुन १५ गते जिल्लाभर स्थानीय बिदा दिइएकाे छ । जिल्लाकाे तानसेन, रामपुर नगरपालिकासहित ८ स्थानीय तहले बिदाकाे घाेषणा गरेका छन् ।

नेपाल मगर संघ स्थापना भएकाे दिनलाइ मगर समुदायले एकता दिवसका रूपमा मनाउने गरेका छन् । ४२ औ मगर एकता दिवसका दिन तानसेनमा स्थानीय बिदा दिइएकाे नगर प्रमुख सन्ताेषलाल श्रेष्ठले जानकारी दिनुभयाे । 

मगर समुदायकाे विशेष पर्व तथा एकताकाे दिन भएकाले स्थानीय बिदा दिइएकाे पालिकाहरूले जनाएका छन् । मगर एकता दिवसकाे दिन फागुन १५ गते जिल्लाका विभिन्न स्थानका विविध कार्यक्रमकाे आयाेजना गरिएकाे छ । पाल्पाकाे जिल्ला सदरमुकाम तानसेन, रामपुर, माथागढी सराइ लखनपार्क, रामपुर, बगनासकाली, छहरा, सत्यवतीलगायतका स्थानमा विविध कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।palpa-map-(4)-1705026038.jpg

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update