Erani Mahal
वन उपभाेक्ता महासंघद्वारा प्रदेश र संघीय सकारबाट गैरकानुनी रूपमा लगाइएकाे कर हटाउन माग

पाल्पा – सामुदायिक वन उपभोक्ता महासंघको संघीय कार्यसमितिको बैठक सकिएको छ । पाल्पाको तानसेन–९, दमकडामा फागुन ३० र चैत १ गते बसेको संघीय बैठकले सामुदायिक वनसँग सम्बन्धित १८ वटा निर्णय गरेको छ ।

बैठकले वन पैदावारमा संघ तथा प्रदेश सरकारले लगाएको गैरकानुनी कर हटाउन माग गरेको छ । यस्तै उपभाेक्ताकाे हित र कानुन अनुसार आदेश गर्न सर्वाेच्च अदालतलाइ अनुराेध गरेकाे छ । यस्तै स्थानीय तहबाट वन उपभोक्तामाथि भएको हस्तक्षेप तत्काल बन्द गर्न र वन उपभोक्तालाई सहयोग र सहकार्य गर्न सम्बन्धित पक्षलाइ  अनुरोध गरेको छ । 
यस्तै महासंघले सामुदायिक वन क्षेत्रमा गम्भीर असर पुग्ने गरी आयोजना तथा विकासे काम नगर्न, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु ऐन २०२९ तत्काल खारेज गर्न जनमैत्री ऐन बनाउन बैठकले माग गरेको महासंघका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले जानकारी दिनुभयो । बैठकपछि पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले जलवायु सम्बन्धी नीति तथा कानुनमा जलवायु वित्त रकमको कम्तीमा ८० प्रतिशत रकम स्थानीय समुदायमा प्रवाह गर्नुपर्ने बताउनुभयो । cc2aea49-c6c9-4bb2-ba4d-b11a741ee9bb-1710431184.jpg

सामुदायिक वनको माध्यम्बाट वनको दीगो व्यवस्थापन गर्ने, वातावरण तथा जैविक विविधता संरक्षण गर्न, रोजगारी सिर्जना गर्न तथा दीगो वन व्यवस्थापनको राष्ट्रिय मापदण्ड तत्काल लागू गर्न महासंघले माग गरेको छ । सुख्खा मौसममा हावाहुरी कारण लाग्ने डढेलो तथा जोखिमबाट बच्न सरकारले विशेष नीति बनाउनुपर्ने तथा क्षतिपूर्ति दिनुपर्ने माग गरिएको महासंघकी महासचिव पार्वता गाैतमले बताउनुभयाे । बैठकले सामुदायिक वनको कार्ययोजना बनाउने नाममा कुनै पनि आर्थिक भार बढाउने काम बन्द गर्न तथा वन तथा वन्यजन्तुको उचित व्यवस्थापन गरी क्षतिपूर्तिको समेत व्यवस्था गर्न माग गरेको बरिष्ठ उपाध्यक्ष वीर्खबहादुर शाहीले बताउनुभयाे । उहाँले नेपालकाे वन उपभाेक्ताकै कारण जाेगिएकाले उपभाेक्ताकाे हित अनुकुल सरकार र अन्य पक्षले कानुन निर्माणमा ध्यान दिनुपर्नेमा जाेड दिनुभयाे ।
बैठकमा महासंघका केन्द्रीय समिति, प्रदेश समितिका पदाधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको लुम्विनी प्रदेश समितिकी अध्यक्ष कल्पना भण्डारीले जानकारी दिनुभयो । महासंघले पाल्पाकाे दमकडामा संघीय बैठक भव्य रूपमा सम्पन्न गर्न सहयाेग गर्ने सामुदाियक वनका अभियान्ता घण्टप्रसाद अर्याल, तानसेन ९ नं. वडा कार्यालय, दमकडा नमूना मावि, जिल्ला वन उपभाेक्ता महासंघ, तानसेन महासंघलगायतलाइ धन्यवाद दिएकाे छ । 

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, पूर्व अध्यक्ष भगवान भणडारी, पत्रकारहरू माधव अर्याल, कृष्ण कार्की, कृष्ण पाेखरेल, दयाराज न्याैपानेलगायतले वनका कारण मानिस बिस्तापित हुने वातावरण बन्न दिन नहुनेमा जाेड दिनुभयाे । उहाँले वन उपभाेक्ता महासंघले विदेशबाट आयात हुने काठ राेक्न पहल गर्नुपर्ने, निजी वनकाे काठ दाउरा सहज रूपमा प्रयाेग गर्न पाउने वातावरण बनाउन पहल थाल्नुपर्ने सुझाव दिनुभएकाे थियाे ।   463656c6-65ce-4cb2-8681-5c7f25b89630-1710431231.jpg

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update