Erani Mahal
नागरिकले समयमै सहज रूपमा सूचना पाउनुपर्छ : प्रजिअ काफ्ले

पाल्पा – पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले नागरिकले समयमै सहज रूपमा सूचना पाउने व्यवस्था गर्न आग्रह गर्नुभएकाे छ । पाल्पा जिल्लास्थित सरकारी निकायका सूचना अधिकारीहरूसँगको छलफलमा उहाँले जनतालाई समयमै सूचना दिन सूचना अधिकारीहरू हिच्किचाउन नहुने उल्लेख गर्नुभयाे । 
सूचना समयमै पाउने आम नागरिक तथा पत्रकारहरूको अधिकार रहेकाले सूचना दिन कन्जुस्याई गर्न नहुने उहाँकाे भनाइ छ ।सूचना अधिकारीका लागि सूचना दिने, कार्यालयको सूचना सार्वजनिक गर्ने, पत्रकार नागरिकसँग साक्षात्कार हुने मौका पाउनु महत्वपूर्ण अवसर हो प्रजिअ काफ्लेले भन्नुभयो ।bb-1710597004.jpg
 

सरकारी तथा सार्वजनिक निकायले हरेक तीन–तीन महिनामा कार्यालयको सूचना तथा गतिबिधि सार्वजनिक गर्ने विषय स्वभाविक भएको उहाँले बताउनुभयो । कार्यालयले सार्वजनिक गर्नुपर्ने सूचना त सार्वजनिक गर्नुनै पर्छ थप सूचना सार्वजनिक गर्दा जनतामा सरकारको सेवाप्रति विस्वस्नीयता बढ्ने र कार्यालय पारदर्शी बन्ने उहाँको भनाई छ । उहाँले पाल्पाका पत्रकार तथा अन्य नागरिकले सूचनाको हक प्रयोग गरी सूचना माग्दा पनि सहज रुपमा समयमै दिन आग्रह गर्नुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले कार्यालयहरूले आफ्ना सूचना तथा गतिबिधि नियमित सार्वजनिक गर्न अनुरोध गर्नुभयो ।09a22b8f-ec72-45c8-8401-1c3c1b578fe0-1710597042.jpg

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले पत्रकार तथा नागरिकलाई सूचना दिँदा सूचना अधिकारी डराउनुपर्ने कुनै कारण नरहेको बताउनुभयो । उहाँले पछिल्लो समय कार्यालयले आफ्नो वेभसाइट, फेसबुक पेज तथा अन्य माध्यम्बाट पनि सूचना दिन सकिने भएपनि त्यसको भरपूर प्रयोग हुन नसकेको बताउनुभयो । छलफल कार्यक्रममा जिल्ला हुलाक कार्यालय पाल्पाका सूचना अधिकारी टंक भण्डारीले पाल्पा जिल्लास्थित सरकारी कार्यालयले सार्वजनिक गरेका सूचना तथा गतिबिधिका बारेमा जानकारी दिनुभयो ।   1e5ed61b-10fe-459b-be0b-2ee33faee0b7-1710597078.jpg
 

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update