Erani Mahal
पाल्पामा जीप दुर्घटना हुँदा ४ जना घाइते

पाल्पा - पाल्पामा सवारी दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । तानसेन न.पा.१४ छतिवन स्थित कालिगण्डकी करिडोर सडक खण्डमा बुटवल देखि बुर्तिवाङ तर्फ जाँदै गरेको ना १ ज ७९५३ नम्बरको जी दुर्घटनामा परेको हो ।

 

 

जीप आफै अनियन्त्रित भई सडकको नालीमा कोल्टे पर्न जादाँ जिपमा सवार १३ जना मध्ये ४ जना सामान्य घाईते भई उपचारको लागि रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडि गुल्मी पठाइएको प्रहरीले जनाएको छ  

 

 

 

उक्त स्थानमा प्रहरी चौकी अर्गलीबाट प्रहरी टोली खटि गएको, चालक जिल्ला बाग्लुङ बडिगाड गा.पा.२ बस्ने वर्ष २९ को सुनिल धिताल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीको सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताउनुभयो

 

 

निम्न घाईतेहरु:-

१) जिल्ला गुल्मी मुसिकोट न.पा. १ बस्ने वर्ष ६७ को ईश्वरा घिमिरे अवस्था सामान्य ।

२) ऐ.ऐ.बस्ने वर्ष ८ की सुप्रिया घिमिरे अवस्था सामान्य ।

३) जिल्ला पाल्पा रिब्दीकोट गा.पा.६ बस्ने वर्ष २४ की रेखा रोका अवस्था सामान्य ।

४) जिल्ला बाग्लुङ बडिगाड गा.पा.५ बस्ने वर्ष ९ की अतिस पाईजा अवस्था सामान्य ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update