Erani Mahal
पुष्पलाल स्मृति प्रतिष्ठानकाे तेस्राे साभारणसभा सम्पन्न

पाल्पा - पुष्पलाल स्मृति प्रतिष्ठान नेपालकाे तेस्राे साधारणसभा मङ्गलबार तानसेनमा सम्पन्न भएकाे छ । साधारणसभाकाे उदघाटन जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले गर्नुभयाे । साे अवसरमा उहाँले पुष्पलाल र विपिकाे विचारलाई अघि बढाउन तानसेन नगरपालिकाले सहयाेग गरेर महत्वपूर्ण व्यक्तिका विचारलाई सम्मान गरेकाे बताउनुभयाे ।

पुष्पलाल र विपी कुनै पार्टी र व्यक्तिकाे विचारभन्दा माथि रहेकाे खनालले उल्लेख गर्नुभयाे । पुष्पलालले देखाएका बाटाे अहिले पनि सान्दर्भिक रहेकाे बताउँदै उहाँले पुष्पलालकाे विचारलाई आम मानिसमाझ पु-याउन आवश्यक रहेकाेमा जाेड दिनुभयाे ।

कार्यक्रममा नगरपालिकाका पूर्व प्रमुख अशाेककुमार शाहीले बाैद्धिक छलफलका लागि यसकाे स्थापना गरिएकाे बताउनुभयाे । विपी र पुष्पलालकाे विचारलाई अझ तल्लाे तहसम्म लैजानुपर्नेमा उहाँले जाेड दिनुभयाे । कार्यक्रममा संस्थागत प्रतिवेदन संस्थाका सचिव गणेश ज्ञवाली र काेषाध्यक्ष झपेन्द्र गहिरेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।

1712674887586-1712675738.jpg

mmm-1712675736.jpg

कार्यक्रममा जिल्ला समन्वय समितिका समन्वय अधिकारी जनार्दन अधिकारी, पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष रेखीराम राना र बरिष्ठ पत्रकार मेघराज शर्मालगायतले शुभकामना दिनुभयाे । साधारणसभामा प्रतिष्ठानका अध्यक्ष गाेविन्द भट्टराईले आगामी कार्ययाेजना तथा समसामयिक प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे । साधारणसभामा प्रस्तुत प्रतिवेदन तथा प्रस्ताव सर्वसम्मत पारित भएकाे छ । साधारणसभा संस्थाका अध्यक्ष गाेविन्द भट्टराईकाे अध्यक्षता, उपाध्यक्ष गाेपाल प्रसाद बस्यालकाे स्वागत र सदस्य सन्ताेष खनालकाे संचालनमा सम्पन्न भएकाे थियाे ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update