Erani Mahal
एकीकृत घुम्ती शिविरबाट दुइ हजार बढी लाभान्वित

तानसेन - घरदैलोमा जनतालाई सबै प्रकारका सेवाहरु प्रवाह गर्ने उद्देश्यले तानसेन नगरपालिका १३ मा घुम्ती शिविर कार्यक्रम सञ्चालन गरिएको छ । एक दिने घुम्ती शिविरबाट दुई हजार बढी जनता लाभान्वित भएका छन् । 


तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले जनतालाई घरदैलोमै कृषि, पशु, स्वास्थ्य, सिफारिस तथा घटना दर्ताका सेवा प्रदान गरिएको बताउनुभयाे । निर्वाचनको घोषणा पत्र अनुसारका कार्यक्रमलाई प्राथमिकता दिँदै काम गरिरहेकाे उहाँले बताउनुभयाे । ग्रामीण इलाकाहरुलाई केन्द्रीत गरेर घुम्ती शिविरलाई निरन्तरता दिने योजना बनाएकाे नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयाे । Sibir-(2)-1712676342.jpg

शिविरमा पशु सेवा तर्फ १०२ घरधुरीका ९५० पशुपंक्षीलाई सेवा प्रदान गरिएको छ । जसमा जुकामाटेको औषधी वितरण, गोबर नमूना परीक्षण र परामर्श सेवा दिइएको थियो । कृषि विकास सेवा तर्फ १६३ घरधुरीलाई तरकारी विऊ वितरण, ११२ रोगीबालीको अवलोकन गरी वाली उपचार सेवा प्रदान गरिएको छ ।

436747670_868275598672739_6375644362722534503_n-1712676305.jpg
कृषि परामर्श सेवा समेत प्रदान गरिएको छ । यस्तै स्वास्थ्य सेवा तर्फ ५५ जनाको भीआइए परीक्षण, १२० जनाको स्वास्थ्य परीक्षण (३२ जनामा सुगर, ३१ जनामा उच्च रक्ताचाप) तथा उपचार र औषधि वितरण तथा आङ खसेकाहरुको उपचार समेत गरिएको शिविरका संयोजक तथा नगरपालिकाका योजना शाखा प्रमुख दुर्गा बहादुर थापाले बताउनुभयाे । 
शिविरमा महिला ३५ र पुरुष २५ जना जेष्ठ नागरिक परिचय पत्र वितरण, एन्जाइटी भएका ३ जनालाई परामर्श सेवा, ७ वटा जन्म दर्ता, एक विवाह दर्ता, २८ वटा सिफारिस गरिँदा ३३ हजार १०५ रुपैयाँ सम्पत्ति  तथा  मालपोत कर संकलन गरिएको छ । 
तानसेन १३ का वडा अध्यक्ष श्री टुक प्रसाद भट्राईको अध्यक्षता, नगर प्रमुख सन्तोषलाल श्रेष्ठको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलालको उपस्थितिमा शिविर सञ्चालन भएकाे हाे । शिविर अन्य वडामा पनि सञ्चालन हुने नगरपालिकाले जनाएकाे छ । 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update