Erani Mahal
झडेवाका विद्यालयमा शैक्षिक सामग्री वितरण 

पाल्पा– जिल्लाको माथागढी गाउँपालिका वडा नं ४ झडेवाको विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गरिएको छ । शैक्षिक सुधार अन्तर्गत वडामा विनियोजित रकमबाट विद्यालयका विभिन्न शैक्षिक सामग्रीहरु वितरण गरिएको वडा अध्यक्ष शंकर दर्लामी थापाले बताउनुभयो । 

 

 


उहाँका अनुसार वडा कार्यालयबाट शौक्षिक सुधार कार्यक्रम अन्तर्गत विधालयलाई विभिन्न शौक्षिक सामग्री वितरण गरिएको हो । वडा भित्रका दुई मावि सहित विभिन्न आधारभूत विद्यालयमा पठनपाठनको लागि चाहिने शैक्षिक सामग्रीहरु प्रदान गरिएको थापाले बताउनुभयो । 
 

 
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update