Erani Mahal
पाल्पामा पर्यटनमा डिजिटल प्रविधिकाे प्रयाेग विषयक छलफल

पाल्पा -  डिजिटल पर्यटनमा डिजिटल प्रविधिकाे प्रयाेग विषयक प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएकाे छ  ।  कार्यक्रम पाल्पा उधाेग वाणिज्य संघकाे आयाेजना,पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश र तानसेन नगरपालिकाकाे समन्वयमा भएको हाे ।

 

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले अहिलेकाे डिजिटल युगमा व्यवसाय पनि डिजिटलमैत्री नै बनाउनुपर्ने बताउनुभयाे ।

 

 

विशिष्ट अतिथि पाल्पा उधाेग वाणिज्य संघ पाल्पाका निवर्तमान अध्यक्ष राजु महर्जन,पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक रामु जाेशी,रेड वायर प्रा.लि. का प्रमुख तथा सह-संस्थापक जय बज्राचार्य,रेड वायर प्रा.लिका म्यानेजिङ डाइरेक्टर  तथा सह संस्थापक उपेन गहिरेले बाेल्दै पर्यटन व्यवसायकाे राम्राे संभावना भएकाे बताउनुभाे ।

 

 

रेड वायर प्रा.लिका डाइरेक्तटर था सह-संस्थापक हरि श्रेष्ठ,रेड वायर प्रा.लिका डाइरेक्टर सह-सस्थापक किरण चाैलागाई,पाल्पा उधाेग वाणिज्य संघ पुर्व अध्यक्ष हरि रायमाझी,पाल्पा उधाेग वाणिज्य संघका पुर्व अध्यक्ष मधु दयाल शैजु,पाल्पा उधाेग वाणिज्य संघका पुर्व अध्यक्ष एवम नेपाल उधाेग वाणिज्य संघका केन्द्रीय सदस्य माेहन प्रसाद श्रेष्ठ,पाल्पा उधाेग वाणिज्य संघका उपाध्यक्ष उत्तम कुमार बज्राचार्य,पाल्पा उधाेग वाणिज्य संघका सचिव बिदुर घिमिरे,पाल्पा उधाेग वाणिज्य संघका कानुनी सल्लाहकार केशव राज घिमिरे लगाएतले  डिजिटल पर्यटनमा डिजिटल प्रविधिकाे प्रयाेगकाे बारेमा धारणा राख्नुभयाे । 

 

 

कार्यक्रम पाल्पा उधाेग वाणिज्य संघकाे सभाहलमा सम्पन्न भएकाे थियाे । 

 
 
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update