Erani Mahal
अग्नीपीडित श्रेष्ठ परिवारलार्ई लघुबित्तको सहयोग

पाल्पा -  गतहप्ता वनको डढेलो बस्तीमा पुगेर घरमा आगोलागी भई क्षति व्यहोरेकी संस्थाका सदस्य कमला श्रेष्ठलाई लक्ष्मी लघुबित्त बित्तिय संस्था रामपुर शाखाले सहयोग गरेको छ । गत बैशाख १९ गते रामपुर नगरपालिका वडा नम्बर ४ र ५ को समासिं र गैरामा वनको डढेलो बस्तीमा पुग्दा ५ घर र ८ घर जलेर नष्ट भएको थियो ।

लक्ष्मी लघुबित्त संस्थाका शेयर सदस्य रामपुर ४ बस्ने कमला श्रेष्ठको घरगोठ सहित कुखुरापालन गर्दै आएको फार्म जलेर कुुखुरा समेतको लगानी क्षति भएको थियो । लघुबित्त संस्था रामपुर सदार्वत शाखाका शाखा प्रमुख अम्मर जोशी सहितको टोलीले श्रेष्ठको घरमा नै पुगेर आपतकालिन अबस्थामा शेयर सदस्यलाई राहत सहयोग अन्तर्गत नगद पाँच हजार रुपयाँ हस्तान्तरण गर्नुभएको छ ।

सहयोग रकम हस्तान्तरण गर्दै शाखा प्रमुख जोशीले विपद् कुनैबेला पनि आउन सक्ने भएकाले यसको लागि सर्तकता अपनाउन र भएको क्षतिबाट अब उठ्न अनुरोध गर्नुभयो । लक्ष्मी लघुबित्त संस्थाले आफ्ना सदस्य र सदस्यको परिवारमा परेको विपद्मा मलम लगाउने प्रयत्न स्वरुप राहत उपलब्ध गराउदै आएको शाखाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update