Erani Mahal
पाल्पामा तस्करी गरिएकाे गाेरू सहित प्रहरी नियन्त्रणमा

पाल्पा - भारत तथा नेपालका तराइबाट तस्करी हुँदै गरेकाे गाेरू र ट्रक प्रहरीले नियन्त्रणमा लिएकाे छ । पाल्पा प्रहरीले २ वटा ट्रक र ४३ वटा गाेरू नियन्त्रणमा लिएकाे हाे । पाल्पाकाे रामपुर-२ भलायटारबाट तस्करी गरिएकाे गाेरू नियन्त्रणमा लिएर भैरहवा भन्सारमा पठाइएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयाे ।

 
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update